‘छोडिदेऊ लगाउन अभिशापहरू’

‘छोडिदेऊ लगाउन अभिशापहरू’

  • आइतवार, जेष्ठ ६, २०८१
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

ओइरिदै छन् बिस्तारै बिस्तारै घामका झुल्काहरु
पोखिदै छन् बिस्तारै बिस्तारै जूनका तरङ्गहरु
मौसम ताराहरुको छ जूनहरुको छ
एउटा निलो आकाश
कहाँ सजिन्छ र चम्किला ताराहरूबिना
अटल रहन्छ र कहाँ धरा नै नरहेपछि

फेरि धर्तीले बोक्ला र कसरी धैर्यताको पहाड
रक्तिम क्षितिज नउदाएसम्म
धरा मुस्कुराउला कसरी
दिवाकर आई नछोएसम्म
दिवाकर मुस्कुराउला कसरी
घुँगुरा नबजेसम्म
चुरा नबजेसम्म
सिमल कहाँ सिमल रहला ?
हाँगाहाँगामा फूल नफुलेसम्म

तर आमा
तिमी मात्रै बजाउँछ्यौ किन जुठेल्नामा चुराहरू ?
के चुरा नबज्ने हातहरुले अगेनोको दाउरा ठोसिदैन ?
भुइँको कसिङ्गर र दलिनको जालोको लागि पनि
बज्नैपर्छ र चुराहरू ?
भुराका नाकको सिंगान
र आँखाका कचेरा पुछ्न बज्नैपर्छ र चुराहरु ?
गोठकी बाख्री र ठुम्रा भैंसी
के अघाउँदिनन् चुराबिनाका हातले काटेको घाँस खुवाई ?

हेरन आमा
आज मैले माझेँ कालो कसौंडी
कसौंडीसङ्गै उज्यालो भयो आमाको मुहार
सखारै कुचोले पायो चुराबिनाको हात
उस्तै गरि सगसगाउँदो भयो दैलो र भुइँ
दैलो र भुइँसङ्गै बढारियो आमाको मन
बारीको छेउमा लाग्यो
एउटा ठुलो दाउराको खलियो
छोरोकोजस्तै भयो उनको पनि बलियो छाती
गोठमा आज बजेनन चुराहरू
काली बाख्री र ठुम्रा उग्रआइरहेकी छिन् उस्तै गरि
भुराका कुरा र जुठेल्नामा कुखुरा
उस्तै गरि उन्मुक्त छन् आज पनि

त्यसैले त आमा
तिमी मात्रै नबजाउन अब चुराहरू
आऊ चुराबिनाका बाका हातसङ्गै
समानान्तर हुनुपर्छ अब
जुठेल्ना , दलिन , चुलोचौकाहरूमा
हरेकहरेक अवसर र मौकाहरूमा
अब बज्नुपर्छ छमछमी उमंगका चाँपहरू
खत चुराकै लाग्छ भने
छोडिदेऊ लगाउन ती अभिशापहरू
तोडिदेऊ दुखदिला ती अभिशापहरू

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी