बालुवाटारमा प्रधानमन्त्री र सभामुखबीच संसदको गतिरोध हटाउने बारे छलफल

बालुवाटारमा प्रधानमन्त्री र सभामुखबीच संसदको गतिरोध हटाउने बारे छलफल

  • बुधबार, जेष्ठ २, २०८१
  • मिर्मिरे अनलाइन

  • 4.3K
    SHARES

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न सभामुख देवराज घिमिरे बालुवाटार पुगेर संसद सुचारु गर्ने बिषयमा छलफल गरेका छन् ।
संसदमा काँग्रेसको अवरोध कायमै रहेर नीति तथा कार्यक्रम टेबल समेत हुन नपाएपछि सभामुखले चासो दिएका हुन् ।

मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। त्यसपछि साँझ बस्ने प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठकमा राष्ट्रपतिलाई धन्यवाद दिने कार्यसूची थियो।

तर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण दुवै सदनले राष्ट्रपतिलाई धन्यवाद दिन पाएको थिएन।

संसद अवरूद्ध हुँदा राष्ट्रपतिको कार्यालयबाट आएका विभिन्न पत्रहरू, ‍समितिबाट पास भएर आएका विधेयकहरू लगायत महत्वपूर्ण विषयहरू पेस हुन पाएका छैनन्।

ु

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ