लोहनी, श्रेष्ठ र तुलाधरलाई ‘वानीरा पुरस्कार’

लोहनी, श्रेष्ठ र तुलाधरलाई ‘वानीरा पुरस्कार’

  • शुक्रबार, बैशाख २८, २०८१
  • मिर्मिरे अनलाइन

  • 3.2K
    SHARES

वैशाख २८, काठमाडौँ ।  वानीरा फाउन्डेसनका संस्थापक तथा संरक्षक इन्जिनियर शङ्कर गिरिले राजधानी काठमाडौँमा स्थापित वानीरा सभागृहमा आज एक समारोहमाझ सात दशकदेखि सिर्जनामा समर्पित रही विशेषतः कविता, कथा, उपन्यास र समालोचनाको संवृद्धिमा उल्लेख्य योगदान पुर्याएबापत प्रा.पुष्कर लोहनीलाई २०८० सालको ‘वानीरा प्रज्ञा पुरस्कार’ समर्पण गर्नुभयो ।

समारोहमा इन्जिनियर गिरीले नेपाली रङ्गमञ्च तथा चलचित्रकलामा विगत छ दशकदेखि निरन्तर समर्पित रही नाट्यकलाको विकासमा विशिष्ट योगदान गरेबापत नाट्यभूषण श्री मदनदास श्रेष्ठलाई ‘वानीरा शङ्कर पुरस्कार’ समर्पण गर्नुभयो ।

नेपाली साहित्यका विश्व नारी रत्न डा.वानीरा गिरीका सम्मानमा स्थापित यी दुवै पुरस्कारका राशि जनही एक लाख रुपियाँ रहेका छन् ।

सोही समारोहमा इन्जिनियर गिरीले कथा र कविताको सिर्जनामा समर्पित रही नेपाली साहित्यको संवर्धनमा उल्लेख्य योगदान दिएबापत श्रीमती अनिता तुलाधरलाई पचास हजार रुपियाँ राशि सहित ‘वानीरा पुरस्कार’ समर्पण गर्नुभयो ।

यसअघि वानीरा सङ्ग्रहालयमा अवस्थित डा.गिरीको पूर्ण कदको सालिकमा प्रा.पुष्कर लोहनीबाट माल्यार्पण गरिएको थियो ।

इञ्जिनियर शङ्कर गिरीको प्रवल इच्छा बमोजिम वानीरा फाउन्डेसनको भवन तथा सङ्ग्रहालयको स्थापना भएको हो ।

डा.वानीरा गिरीको २०७८ साल जेठ ९ गते कोरानाका कारण निधन भएको थियो ।

श्रीमती इन्दिरा प्रसाईको सभापतित्वमा सञ्चालित सो समारोहमा पुरस्कृतहरु प्रा.पुष्कर लोहनी, नाट्यभूषण मदनदास श्रेष्ठ, अनिता तुलाधर तथा वानीरा फाउन्डेसनका संस्थापक तथा संरक्षक इन्जिनियर शङ्कर गिरि, कार्यक्रम संयोजक भगवती बस्नेत र सदस्यसचिव नरेन्द्रराज प्रसाईबाट मन्तव्य प्रकट भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी