रवि लामिछानेले विना धितो प्रकया नै पूरा नगरी रुपन्देहीको सहकारीबाट २ करोड रुपैया लिएको अभियोजन !

रवि लामिछानेले विना धितो प्रकया नै पूरा नगरी रुपन्देहीको सहकारीबाट २ करोड रुपैया लिएको अभियोजन !

  • बिहिबार, बैशाख २७, २०८१
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

सुसासन पारदर्शीता नभएको भन्दै पूराना दलका नेताको टुडिखेलमा नाकको डाँडी भाँच्न मन छ भन्दै टेलिभिजनमा उत्तेजक अभिव्यक्ति कुनै बेला दिएका गृहमन्त्री रवि लामिछानेले जनतालाई माछो माछो भ्यागुतो भन्ने सन्देश दिएका छन् । खास गरी रुपन्देही र कास्कीको सहकारीबाट उनले करोडौ रुपैया विना धितो लिएको करा पटक पटक सार्वजनिक भए पनि उनी गृृहमन्त्री भएर जोगिन खोजेको देखिन्छ ।

महान्यायधीवक्ताको कार्यलयबाट बचत हिनामिनामा आफू संलग्न नरहेको पत्र बोकेर हिँडे पनि उनी बिरुद्ध रुपन्देही जिल्ला अदालतमा प्रहरीले दर्ता गरेको अभियोजन पत्रमा विना धितो विना प्रकृया उनले दुई करोड रुपैया लिएको उल्लेख छ ।

सत्ता र शक्तिको आडमा रविको नाम पटक पटक उल्लेख भएको अनुसन्धान प्रतिवेदनका आधारमा पनि उनलाई अभियुक्त बनाईएको छैन ।

बुटवलको सुप्रिम सहकारीका १ हजार ८ सय ३१ सदस्यले प्रहरीमा गत चैत १ मा दिएको उजुरीका आधारमा प्रहरीले अनुसन्धान गरेको थियो । प्रहरी प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालयले वैशाख ३ मा जिल्ला अदालतमा बुझाएको अभियोजनपत्रमा लामिछानेले बिनाधितो ऋण लिएको मात्र होइन, किस्ता तिर्दासमेत सहकारीकै पैसा अपचलन गरिएको उल्लेख छ ।

यसै गरी कास्कीको सूर्यदर्शन सहकारीमा पनि लामिछानेको नाम जोडिएको छ । पोखराको सूर्यदर्शन, चितवनको सहारा, वीरगन्जको सानो पाइला, बुटवलको सुप्रिम, नेपालगन्जको समानता र काठमाडौंको स्वर्णलक्ष्मी सहकारीका करिब ४९ हजार बचतकर्ताको कम्तीमा ५२ करोड गोर्खा मिडिया नेटवर्कमा सारिएको तथ्यांक अहिलेसम्म फेला परिसकेको छ । यी कारोबार हुँदा लामिछाने कम्पनीका सेयरधनी सञ्चालक तथा प्रबन्ध निर्देशक थिए ।

टेलिभिजनका नाममा करोडौ रुपैया लगानी गरेर सो चल्न नसक्ने भएपछि उनले शेयर फिर्ता गरेको घोषणा गरेर राजनीतिक दल खोलेका थिए । त्यही बेला पुराना दलप्रति बढ्दो वितृष्णाको फार्ईदा निर्वाचनमा लिए । अहिले उनी दोस्रो पटक गृहमन्त्री छन् ।

काँग्रेसले संसदीय छानविन समिति बनाउन माग गरीरहे पनि एमाले र माओवादी समेत त्यसको प्रतिवादमा छन् । यसको कारण हो सत्ता जोखाउने खेल ।

उच्च स्रोतका अनुसार सहकारी प्रकृरणमा आफू बिरुद्ध अनुसन्धान रोक्न, मुद्धा नचलाउन भन्दै लामिछानेले प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीसँग सहमति गरेरै फेरी सरकारका गएका थिए । बालुवाटारमा त लामिछानेले दोस्रो कार्यकाल गहमन्त्री हुनु अघि मध्यरात सम्म प्रधानमन्त्रीसँग छलफल गरेको बुझिएको छ ।

पीडितले जीबी राई, रवि लामिछाने,दिपेश पुन सहितलाई किटानी जाहेरी दिए पनि जीबी राई फरार छन्, दिपेश पुन पक्राउ परेर छुटिसकेका छन् भने गृृहमन्त्री रवि लामिछाने सत्ता र शक्तिको आडमा चोखिने प्रयासमा छन् ।

सहकारीको रकम अपचलन गरेर विदेश भागेका जीबी राईलार्ई तत्काल पक्राउ गर्छु भन्दै पहिला हल्ला गरेका गृहमन्त्री अहिले सम्म उनको पक्राउका बारेमा ठोस कुरा उल्लेख गर्न सकेका छैनन् ।

दुखः गरेर कमाएको रकम फिर्ता नपाउदा देशभरका सहकारी पीडित झनै पीडित बनिरहेका छन् । तर तिनै पीडितहरुको पैसामा चैन गर्नेहरु आनन्दले सुतिरहने दिन कहिले सम्म आईरहला ?

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ