कोशी प्रदेश प्रमुखले नयाँ सरकार गठन आव्हान् गरेपछि अदालत जाने तयारीमा मुख्यमन्त्री कार्की

कोशी प्रदेश प्रमुखले नयाँ सरकार गठन आव्हान् गरेपछि अदालत जाने तयारीमा मुख्यमन्त्री कार्की

  • बिहिबार, बैशाख २७, २०८१
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

२७ वैशाख, विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले एउटा सरकार हुँदाहुँदै प्रदेश प्रमुखले पर्शुराम खापुङले अर्को सरकार गठनको आह्वान गरेर असंवैधानिक कदम चालेको भन्दै अदालत जाने तयारी गरेका छन् ।

२७ असोजमा मुख्यमन्त्री नियुक्त भएका नेपाली कांग्रेसका नेता कार्की २६ चैतमा एमाले र माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका थिए । अल्पमतमा परेको ३० दिनपछि बुधबार मध्यरातमा प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ को उपधारा ५ अनुसार दुई दिन समय दिएर नयाँ सरकार गठनको आह्वान गरे ।

आफू बहाल रहेकै अवस्थामा नयाँ सरकार गठनको आह्वान गर्नु असंवैधानिक भएको मुख्यमन्त्रीको जिकिर छ ।

कोशीमा देखिएको सत्ताको छिना झम्टीले जनतामा भने प्रदेश सरकारप्रति निराशा उत्पन्न हुन थालेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी