काठमाडौं । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव स्वदेश फर्किएका छन् ।
संयुक्त राष्ट्रसंघीय जनसंख्या तथा विकास आयोगको ५७औँ बैठकमा भाग लिएर उपप्रधानमन्त्री यादव गएराती स्वदेश फर्किएका हुन् ।
यादव अमेरिकामा रहेका बेला उनको दल जसपा नेपाल फुटेको छ । वरिष्ठ नेता अशोक राईको नेतृत्वमा जसपा निर्वाचन आयोगमा दर्ता समेत भएको छ । आजै स्वदेश फर्किएका यादवले केहीबेरमा संसदीय दलको बैठक बस्दै छन् ।
उनले आज आफूसँग बसेका चार जना सांसदसँग पार्टी विभाजनपछिको स्थितिका बारेमा छलफल गर्ने तयारी समेत गरेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline