जसपा फुट्यो की फुटाइयो !

जसपा फुट्यो की फुटाइयो !

  • आइतवार, बैशाख २३, २०८१
  • मिर्मिरे अनलाइन

  • 11K
    SHARES

काठमाडौँ ।  सत्तारुढ दल जनता समाजवादी (जसपा) नेपाल फुटेको छ । आइतबार अशोक राईको नेतृत्वमा जसपा नाम राखेर दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गराइएको छ ।

संघीय संसद्‌मा प्रतिनिधित्व गर्ने ७ सांसदहरु राईसहित नवलकिशोर साह सुडी, रन्जु ठाकुर, वीरेन्द्र महतो, सुशीला श्रेष्ठ, प्रदीप यादव र हसिना खानले पार्टी विभाजन गरेका हुन् । साथै उनीहरुसँग २९ जना केन्द्रीय सदस्य रहेको बताइएको छ ।

अहिले जसपा फुट्नुलाई स्वाभाविक रुपमा विश्लेषण गर्न सकिदैन । सत्ता गठबन्धन टुटको संघारमा रहेको अवसरमा जसपा विभाजित हुनु संयोग मात्र मान्न नसकिने विश्लेषण राजनीतिक वृतमा भइरहेको छ ।

हालको सत्ता समीकरणसँग १५९ मत रहेको र जसपा र एकीकृत समाजवादीले सरकार छोडेमा अल्पमतमा पर्ने अवस्था रहेकोमा जसपा विभाजन भएको छ । यति मात्र होइन बजारिया हल्लालाई विश्वास गर्ने हो भने एकीकृत समावादीमा समेत विभाजनको स्वर सुनिन थालेको छ । अध्यक्ष माधवकुमार नेपालले गठबन्धनमा आफु सन्तुष्ट नभएको र कुनै पनि बेला गठबन्धन टुटनसक्ने सार्बजनिक रुपमा बयान दिदै आएका छन् भने सम्मानित नेता झलनाथ खनालले उनको विपरित बयान दिदै आएका छन् ।

नेपालको गठबन्धन टुट्ने चेतावनीले झस्किएको सत्ता समीकरण खासगरी गरि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष ओलीले जसपालाई बिभाजन गरेर बहुमत पुर्याउने कसरत गरेको विश्लेषण शुरु भएको छ । यद्यपी यो आरोप अहिले नै सहि हो भन्न हतार हुन्छ ।

जसपा र एकीकृत समाजवादीको २२ मत घट्दा सरकार अल्पमतमा पुग्ने भएपछि जसपाका ७ सांसदलाई अलग गरेपछि अब सरकार प्राविधिक रुपमा बहुमतमा रहने बुझाई प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीको रहेको बुझ्न सकिन्छ । यसले माधव नेपालले गठबन्धनमा पारेको दबाब कम हुने र सम्भवत उनलाई गठबन्धनबाट अलग गराउन सजिलो हुने देखिएको छ । जसपा विभाजनको असर अब सबैभन्दा पहिला सुदूरपश्चिममा देखिने बुझ्न सकिन्छ । सुदूरपश्चिममा एकीकृत समाजवादीका मुख्यमन्त्री दिर्घबहादुर सोडारीलाई एमालेले विश्वासको मत दिन आनाकिनी गरिरहेको बेला केन्द्रमा भएको यो घटनाक्रमले अब उनको पद धरापमा पर्ने देखिएको छ । एमाले शुरु देखि नै सोडारीको विरोधमा रहेको अवस्थामा अब माधव नेपालको चेतावनीलाई ह्यान्डल गर्न सकिने अवस्था बनेपछि एमाले विश्वासको मत दिन बाध्य नहुने अवस्था देखिएको छ ।

अहिलेको सत्ता समीकरणमा नेकपा एमालेका ७८, माओवादी केन्द्रका ३२, रास्वपाका २१, नयाँ जसपाका ७, नाउपाका ४ गरि १४२ मत हुन्छ जुन बहुमतका लागि पर्याप्त हुन्छ । यसले एकीकृत समाजवादी र जसपाको उपेन्द्र यादव पक्षले सरकार छोडेपनि गठबन्धनलाई कुनै असर नपर्ने देखिन्छ ।

जसपा फुटाउने रणनीतिले अहिलेको सत्ता समीकरण बच्ने मात्र होइन यसले धेरै तिर निशाना लगाएको देखिन्छ । पहिलो सत्ता समीकरण बच्ने, दोस्रो माधव नेपालको धम्कीको औचित्य सकिने, तेस्रो कांग्रेसले बनाउन खोजेको बैकल्पिक गठबन्धन समेत बन्न नसक्ने ।

यस्तो बन्यो जसपाको पद विभाजन

जनता समाजवादी पार्टी नेपालबाट विभाजित अशोक राई नेतृत्व ‘जसपा’ले पार्टीका पदाधिकारी र केन्द्रीय समितिमा रहनेहरूको नाम टुंगो लगाएको छ। आइतबार विभाजनपछि निर्वाचन आयोगमा केन्द्रीय कमिटीका ३० जनाले निवेदन दिएका छन्।

पार्टीको संघीय परिषद्को अध्यक्षमा राजेन्द्र श्रेष्ठ रहने छन्। केन्द्रीय अध्यक्षमा अशोक राई रहने पार्टी संरचना रहेको छ। केन्द्रीय अध्यक्ष पार्टीको कार्यकारी भूमिकामा क्रयाशिल हुने बताइएको छ।

पार्टीको सहअध्यक्षमा रेणु यादव रहनेछिन्। उपाध्यक्षमा नवलकिशोर साह सुडी, रणध्वज लिम्बु, परशुराम बस्नेत र सुशीला श्रेष्ठ गरी चार जना रहेका छन्।

महासचिवमा मोहम्मद इस्तियाक राई, उपमहासचिवमा प्रदीप यादव, सचिवमा दीपक कार्की र रञ्जु ठाकुर तथा कोषाध्यक्षमा वीरेन्द्र महतो रहनेछन्। विभाजित पार्टीमा संघीय संसदका सात जना सांसद छन्। वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमानसिंह पनि नयाँ पार्टीमा जाने बताइएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी