नेपाललाई वेष्टइण्डिज ‘ए’ले दियो १७३ रनको लक्ष्य

नेपाललाई वेष्टइण्डिज ‘ए’ले दियो १७३ रनको लक्ष्य

  • शनिबार, बैशाख २२, २०८१
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

काठमाडौं, २२ वैशाख । नेपालले वेष्टइण्डिज ए ले पाँचौं तथा अन्तिम टी–२० खेलमा १७३ रनको लक्ष्य दिएको छ । घरेलु मैदान कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको वेष्टइण्डिज ए ले २० ओभरमा ७ विकेट गुमाउँदै १७२ रन बनायो ।

वेष्टइण्डिज ए का एलिक एथानाजेले २९ बलमा १ चौका र ३ छक्कासहित ४२ रनमा नट आउट रहे । रोस्टन चेसले २३ बलमा ५चौकासहित सर्वाधिक ३३, जोनसन चार्ल्स २४, कदिम एलियन र मार्क दयालले ११–११ रन बनाए । म्याथ्फु फर्ड १२ बलमा ३ छक्कासहित २३, फबिएन एलेन ३ र गुणाकेश मोती १ रनमा आउट भए ।

नेपालका सोमपाल कामीले ४ ओभरमा १६ रन खर्चेर ३ विकेट लिए । स्पिनर सागर ढकालले २ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए । अभिनाश बोहराले ४ ओभरमा ४९ रन खर्चेर १ विकेट लिए । केहीबेरमा नेपालको तर्फबाट ब्याटिङ सुरुवात हुँदैछ । नेपाली टोलीलाई हौसला दिन मैदानबाहिर हजारौं संख्यामा समथर्कहरु पुगेका छन् ।

वेष्ट इण्डिजले यसअघि नै श्रृंखलालाई ३–१ ले आफनो पक्षमा पारिसकेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ