विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्ने आशासहित नेपाली क्रिकेट टोली आज अमेरिका जाँदै

विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्ने आशासहित नेपाली क्रिकेट टोली आज अमेरिका जाँदै

  • शनिबार, बैशाख २२, २०८१
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

काठमाडौं, २२ वैशाख । १० वर्षपछि विश्वकपमा छनौट भएको नेपालले यसपटक उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षासहित आज अमेरिका प्रस्थान गर्दैछ ।

राष्ट्रिय क्रिकेट टोलीका सदस्यहरुलाई क्यानले बिदाई कार्यक्रम गरेर शुभकामना दिएको छ । विश्वकप अघि भारतमा केही अभ्यास र प्रशिक्षण , केही सिरिजहरु हुँदै अन्तिममा वेष्ट ईन्डिजको ए टोलीसँग खेलेको थियो ।

होटल सोल्टीमा शुक्रबार साँझ आयोजित विदाई कार्यक्रममा युवा कप्तान रोहित पौडेलले तयारी राम्रो भएको र राम्रो प्रदर्शन गर्ने आशा व्यक्त गरे । विगतमा दाईहरुले राम्रो गर्नु भयो, अब हाम्रो पालो हो , नयाँ खेलाडीहरुलाई प्रेरित गर्दै जाने छौँ , कप्तान पौडेलले भने ।

नेपाली टोलीका मुख्य प्रशिक्षक मोन्टी देशाई आएपछि टिमले उत्कृष्ट पनरागमन गर्दै विश्वकपमा छनौट भएको हो ।
यद्यपि, सन्दीप लामिछानेको अभाव टोलीलाई पर्न सक्ने बुझाई धेरैको छ । उनी जबरजस्ती करणीको मुद्धा खेपिरहेका कारण क्र्किेट खेल्न पाएका छैनन् ।

नेपाली टोली : रोहित पौडेल , आसिफ शेख, अनिलकुमार साह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुल्सन झा, सोमपाल कामी, प्रतिश जिसी, सन्दीप जोरा, अभिनाश बोहरा, सागर ढकाल, कमलसिंह ऐरी।

टी-२० विश्वकप २०२४ मा नेपाल समूह  ‘डी’ मा छ। समूहमा नेपालले दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ ।

नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग जुन ४ मा अमेरिकाको डालास र जुन ११ मा श्रीलंकासँग अमेरिकाकै फ्लोरिडामा प्रतिस्पर्धा गर्नेछ। बाँकी खेल जुन १४ मा दक्षिण अफ्रिकासँग र जुन १६ मा हुने बंगलादेशसँग सेन्ट भिसेन्टमा हुनेछ ।

विश्वकपको समूह चरणका खेल जुन १ देखि १८ सम्म हुनेछन् । त्यसपछि १९ देखि २४ जुनसम्म सुपर-८ हुनेछ । सेमिफाइनल २६ र २७ जुनमा हुनेछ भने फाइनल २९ जुनमा हुनेछ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ