पक्राउ पूजी जारी भएपछि सम्पर्क बिहीन भईन् राप्रपाकी सांसद गीता बस्नेत

पक्राउ पूजी जारी भएपछि सम्पर्क बिहीन भईन् राप्रपाकी सांसद गीता बस्नेत

  • शुक्रबार, बैशाख २१, २०८१
  • मिर्मिरे अनलाइन

  • 4.2K
    SHARES

काठमाडौँ । राप्रपाले सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोप लागेकी आफ्नी सांसद गीता बस्नेतमाथि छानबिन गर्न माग गरेको छ ।

साथै राप्रपाले सहकारीको रकम अपचलनको छानबिनमा सहयोग पुऱ्याउन आफ्नै सांसदलाई निर्देशन दिएको छ भने सरकारसँग निष्पक्ष छानबिनको माग गरेको छ । त्यस्तै राप्रपाले सहकारी घोटालामा संलग्न अन्य जोसुकैलाई पनि छानबिनको माग गरेको छ ।

बस्नेतमाथि सहकारी ठगीको आरोपमा परेको उजुरीका आधारमा पक्राउ पूर्जी जारी भएपछि उनी सम्पर्क बिहीन भएको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

पूर्वी नवलपरासी ९नवलपुर० स्थित छिपछिपे सहकारी संस्थाको रकम हिनामिना गरेको प्रकरणमा त्यहाँको जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेपछि प्रहरीले उनको खोजी गरिरहेको हो।

छिपछिपे सहकारीबाट १६ करोड ६९ लाख रकम हिनामिना भएको उजुरी नवलपुर जिल्ला प्रहरी कार्यालयमा परेको छ।

सो रकम सांसद बस्नेतसमेतको लगानीमा बर्दियाको गुलरियामा सञ्चालित कृष्णसार रिसोर्टमा लगानी गरेको पाइएपछि उक्त प्रकरणमा सांसद बस्नेत पनि तानिएकी हुन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ