ईलाममा सुहाङ नेम्वाङको जित पक्का

ईलाममा सुहाङ नेम्वाङको जित पक्का

  • मङ्लबार, बैशाख १८, २०८१
  • मिर्मिरे अनलाइन

  • 3K
    SHARES

इलाम क्षेत्र नम्बर २ मा एमाले उम्मेदवार सुहाङ नेम्वाङको जीत निश्चित भएको छ ।

हालसम्म यहाँको ६३०६३ मत गणना भइसकेको छ। यहाँ ६९२८७ मत खसेको थियो।

अब ६२२४ मत मात्र गन्न बाँकी छ। नेम्वाङ र उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काको मतान्तर ५७०२ छ।

नेम्वाङले अहिलेसम्म २५२६२ मत पाएका छन् भने खड्काले १९५६० मत पाएका छन्।

तेस्रो स्थानमा रहेका मूढा चुनाव चिह्नका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू ९थेगिम० ले १०७१६ र रास्वपाका उम्मेदवार मिलन लिम्बूले ४३६४ मत पाएका छन्।

२०७९ मा भएको प्रतिनिधि सभा चुनावमा इलाम २ मा एमाले उम्मेदवार सुवास नेम्वाङले ३० हजार २० मत ल्याएर निर्वाचित भएका थिए भने कांग्रेसका उम्मेदवार डम्बर खड्काले २९ हजार ९ सय ६ मत ल्याएका थिए।

यस पटक पनि ईलाम २ ले फेरी एमाले उम्मेद्धारलाई जिताउन सफल हुने निश्चित भएको छ । विगत २६ वर्षृदेखि ईलाममा एमालेले जीत हात पार्दै आएको छ ।

यस पटक एमालेको किल्ला तोड्ने काँग्रेसको प्रयास सफल हुन सकेन । काँग्रेस भित्र गुटगत समस्याको प्रभाव निर्वाचनमा देखिएको हुन सक्ने चर्चा शुरु भएको छ । खड्काको ठाँउमा भेषराज बराललाई टिकट दिनु पर्ने शेखर समुहको माग थियो तर अन्तिममा डम्बर खड्कालाई नै सभापति देउवाले टिकट दिलाएका थिए ।

यस पटक एमालेलाई माओादील साथ दिएकाले पनि सुहागंलाई सहज भएको हो । आजै मत परिणाम आईसक्दा सुहागं निर्वाचित हुने छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ