ईलाम २ मा मतगणना आजदेखि शुरु हुने

ईलाम २ मा मतगणना आजदेखि शुरु हुने

  • आइतवार, बैशाख १६, २०८१
  • मिर्मिरे अनलाइन

  • 3.1K
    SHARES

इलाम निर्वाचन क्षेत्र २ को मतगणना आइतबार आज बिहानदेखि हुनेभएको छ । निर्वाचन क्षेत्रका दुर्गम मानिएका चुलाचुली, माङसेबुङलगायतका क्षेत्रको मतपेटिका राति अबेर मात्र आइपुग्ने भएपछि मतगणना भोलि बिहान सुरु गर्ने तयारी गरिएको हो ।

मुख्य निर्वाचन अधिकृत केशव घिमिरेका अनुसार केही मतदान केन्द्रको मतपेटीका आज बिहान १ बजेपछि मात्र आइपुग्ने सम्भाबना छ । मतपेटीका आएर मतपेटिका रुजु गर्न समय लाग्ने भएपछि गणनाको काम बिहान मात्र सुरु गर्ने अधिकृत घिमिरेले जानकारी दिनुभयो ।

राजनीतिक दलका प्रतिनिधिले पनि बिहानबाट मात्र गणना सुरु गर्न सुझव दिएका छन् । काँग्रेसका जिल्ला सचिव निरोज खड्गीले बिहानबाट मात्र मतगणना सुरु हुने जानकारी दिनुभयो ।

एमाले जिल्ला सचिव उमेश गुरुङले मतपेटीका आइपुग्न समय लाग्ने भएका कारण हतारो गर्नु पर्ने कारण नरहेको बताउनुभयो । मतगणना गर्नेस्थल गौतमबुद्ध सभागृहमा सुरक्षा ब्यवस्था कडा बनाइएको छ । मतगणना स्थलमा तारबेरा गरी सीसीटिभी जडान गरिएको छ ।

इलाममा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो । इलाम २ का ७९ मतदान स्थल र एक सय ४९ मतदान केन्द्रलाई संबेदनशील मानिए पनि शनिबार शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ ।

इलाम २ मा एक लाख १५ हजार आठ सय ८९ जना मतदाता रहेकोमा ६९ हजार दुई सय ८७ ९५९ दशमलब ७९ प्रतिशत० मत खसेको मुख्य निर्वाचन अधिकृत घिमिरेले जानकारी दिनुभयो ।

संविधानसभाका अध्यक्ष सुभाषचन्द्र नेम्वाङको निधन भएपछि इलाम २ मा उपनिर्वाचन भएको हो । इलाम २ मा एमालेबाट नेम्वाङका छोरा सुहाङ नेम्वाङ, काँग्रेसका डम्बर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बु र पहिचानवादीका डकेन्द्रसिंह थेगिम बिचमा प्रतिष्पर्धा हुने देखिएको छ । इलाम २ मा राजनीतिक दल र स्वतन्त्र गरी १९ जना उम्मेदवारले उम्मेदवारी दिनुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ