कर्णालीमा सरकार विस्तार, माओवादीका परियार मन्त्री बन्दै

कर्णालीमा सरकार विस्तार, माओवादीका परियार मन्त्री बन्दै

  • बुधबार, बैशाख १२, २०८१
  • मिर्मिरे अनलाइन

  • 3.8K
    SHARES

कर्णाली, १२ वैशाख । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले माओवादी केन्द्रका रणसिंह परियारलाई मन्त्री बनाउदै छन् ।

विहिबार विश्वासको मत लिने तयारी गरिरहेका मुख्यमन्त्री कँडेलले त्यसअघि आज एक जना मन्त्री नियुक्त गर्ने भएका हुन् ।

माओवादी केन्द्रले परियारलाई मन्त्रीमा सिफारिस गरेपछि आज उनी मन्त्रीमा नियुक्त हुदै छन् । उनलाई अहिले बिना विभागीय मन्त्री बनाइने भएको छ ।

चैत्र २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका एमाले नेता कँडेलले गठबन्धनमा रहेका दलहरुबीच सहमति जुट्न नसक्दा अहिलेसम्म सरकार गठन समेत नसक्दा उनको आलोचना भइरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी