सञ्चालकको जायजेथा बेचेर भएपनि सहकारीको बचत फिर्ता हुन्छः लामिछाने

सञ्चालकको जायजेथा बेचेर भएपनि सहकारीको बचत फिर्ता हुन्छः लामिछाने

  • मङ्लबार, बैशाख ११, २०८१
  • मिर्मिरे अनलाइन

  • 4.2K
    SHARES

वैशाख ११, काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारीमा बचत गरेको बचतकर्ताको पैसा अध्यादेश ल्याएर भएपनि फिर्ता गराउने दाबी गरेका छन् ।
इलामको चुलाचुलीमा मंगलबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले सहकारीमा बचत गरेको पैसा जसरी पनि फिर्ता गरिने बताएका छन् । सहकारीका बचतकर्ताको रकम फिर्ता गर्न कानुनी अड्चन आएमा अध्यादेश ल्याएर भएपनि समस्या समाधान गरिने लामिछानेले बताए ।

लामिछानेले अध्यादेशमार्फत कानुन ल्याएर भएपनि सहकारी पीडितको रकम फिर्ता गरिने बताएका हुन् । ‘सरकारले गृहकार्य गरिरहेको छ, प्रधानमन्त्रीसँग नियमित छलफलमा छु, अध्यादेशबाट कानुन ल्याएर भएपनि जनताको बचत फिर्ता गरिन्छ,’ लामिछानेले भनेका छन्, ‘सञ्चालकको जायजेथा बिक्री गर्न कानुन अभाव भनिएको छ, यदि हो भने कानुन बनाएर भए पनि तिनको सम्पत्तिबाट बचत फिर्ता गर्ने क्रमको सुरुआत हुन्छ ।’

उपप्रधान तथा गृहमन्त्रीको सचिवालयले दिएको जानकारी अनुसार सहकारी संचालकको सम्पत्ति बिक्री गरेर भएपनि बचतकर्ताको रकम फिर्ता गराउन आफू लागिपरेको लामिछानेले बताएका हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ