अधिकारी र शर्मा सचिवका लागि सिफारिस

अधिकारी र शर्मा सचिवका लागि सिफारिस

  • बिहिबार, बैशाख ६, २०८१
  • मिर्मिरे अनलाइन

  • 4.1K
    SHARES

६ वैशाख, काठमाडौं । सचिव बढुवाका लागि २ जनाको नाम सिफारिस भएको छ । लेखापरीक्षणतर्फबाट नायब महालेखापरीक्षक बैकुण्ठबहादुर अधिकारी र प्रशासनतर्फबाट कोशीका कायममुकायम प्रमुख सचिव केदारनाथ शर्माको विशिष्ट श्रेणीमा बढुवाका लागि सिफारि गरेको हो ।
लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षताको बढुवा सिफारिस समितिले दुबै जनाको नाम एकल रुपमा सिफारिस भएको स्रोतले जनाएको छ ।
महालेखा परीक्षकको कार्यालयमा रिक्त सचिवस्तरको उपमहालेखा परीक्षक विशिष्ट श्रेणीका लागि योग्य अन्य नायब महालेखापरीक्षक नभएपछि अधिकारीको नाम एकल रुपमा सिफारिस भएको हो ।

विशिष्ट श्रेणीमा बढुवाका लागि योग्य हुन नायब महालेखापरीक्षकका रुपमा ५ वर्ष काम गरेको र नेतृत्व विकाससम्बन्धी तालिम लिएको हुनुपर्छ । निजामती सेवा ऐनअनुसार नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले ‘सिनियर एक्जियुटिभ डेभलप प्रोग्राम’ (एसईडीपी) कोर्स डिजाइन गरेको छ । ६ महिने यो कोर्स गरेपछि सहसचिवहरु, सचिवमा बढुवाका लागि योग्य हुन्छन् ।

कायममुकाय प्रमुख सचिव शर्मा भने यसअघि ४ पटक कार्यसम्पादनका आधारमा सचिवमा बढुवा लागि सिफारिसमा पसिकेका थिए । पाँच औं पटक ज्येष्ठताको आधारमा सचिव बढुवा हुने व्यवस्था भएका कारण उनको नाम एकल रुपमा बढुवाका लागि सिफारिस भएको हो । बिहीबार बस्ने मन्त्रिपरिषद बैठकले उनीहरूको बढुवाको निर्णय गर्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ