नयाँ बर्षको उपलक्ष्यमा देशभर उल्लास र उमंगमय ( तस्वीरहरु )

नयाँ बर्षको उपलक्ष्यमा देशभर उल्लास र उमंगमय ( तस्वीरहरु )

  • शनिबार, बैशाख १, २०८१
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

काठमाडौँ, १ वैशाख : नयाँ वर्षको पहिलो दिन आज मुलुकको राजधानी काठमाडौँलगायत विभिन्न स्थानमा उत्सवमय वातावरण देखिएको छ ।

शनिबार र सार्वजनिक बिदासमेत परेकाले आज सर्वसाधारण धार्मिक तथा पर्यटकीयस्थलमा घुमफिर गर्ने, रमाइलो गर्ने, मीठामीठा परिकार खाने, इष्टमित्र भेटेर रमाइरहेका छन् ।

नेपाली पात्रोअनुसार हरेक वैशाख १ गते प्रारम्भ हुने नयाँ वर्षलाई नेपाली संस्कृतिमा विशेष दिनका रूपमा लिइन्छ । वसन्त ऋतुको मौसम घुमफिरका लागि प्रतिकूल भएकाले आन्तरिक पर्यटनमा टेवा मिलेको छ ।

पोखरा, लुम्बिनी, इलाम, मुक्तिनाथ, रारा ताल, शैलेश्वरीलगायतका धार्मिक र पर्यटकीय क्षेत्रमा चहलपहल बढेको जिल्लास्थित समाचारदाताले जनाएका छन् ।

आज बिहानैदेखि घरघरमा पूजाआजासहित आराध्यदेव पशुपति मन्दिरलगायत देवस्थलमा पूजाआजा र दर्शन गर्नेको घुइँचो देखिएको छ । भृकुटीमण्डप खेल उद्यान र विभिन्न उद्यान, सपिङ मल तथा रेष्टुराँमा चहलपहल बढेको छ । आजैदेखि ठमेल र दरबारमार्ग क्षेत्र २४ सैँ खुला हुने घोषणाका कारण त्यस क्षेत्रमा उत्साह छाएको छ ।

नयाँ शैक्षिकसत्र सुरु हुन बाँकी रहेकोले परिवारसहित घुमफिर गर्ने धेरै देखिएका छन् । नयाँ वर्षका अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्षलगायतले स्वदेश र विदेशमा रहेका नेपालीलाई सुख, शान्ति र समृद्धिको कामना गरेका छन् ।

नयाँ वर्षकै अवसरमा आज बिहान उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले सडकबाट वर्षको सुरुआत गर्नुभएको छ । उहाँले आज बिहान थापाथलीस्थित चोकमा चालक र यात्रुलाई मिठाई बाँडेर शुभकामनासहित सुरक्षित यात्राको कामना गर्नुभयो ।

सो अवसरमा उहाँले जिम्मेवारीमा रहेका प्रहरीलाई नागरिकप्रति सभ्य व्यवहार गरेर काम गर्न निर्देशन दिनुभएको थियो ।

वि।सं २०८१ सालको स्वागतमा भैरहवामा शुक्रबार राति आयोजित सडक खाना महोत्सवमा रमाउँदै स्थानीय । होटल तथा रेष्टुरेन्ट व्यवसायी सङ्गठन रुपन्देहीको आयोजनामा सिद्धार्थ सडक खाना महोत्सवको आयोजना गरिएको हो । । तस्बिर : राधेश्याम विश्वकर्मा 

काठमाडौँको टोखा नगरपालिका २ मा अवस्थित सपन तीर्थ मन्दिरमा शनिबार पूजाअर्चनाका लागि पुग्नुभएका राष्ट्रपति रामचन्द्र पौडेल सपन तीर्थको जल ग्रहण गर्नुहुँदै । तस्बिर : हरिराम भेटुवाल 

पवित्र तीर्थस्थल देवघाटधाममा शनिबार स्नान गर्न आएका भक्तजनको घुइँचो । नयाँ वर्षको दिन आज देवघाटको वेणीमा स्नान गरि पुजापाठ गरि दान गर्नाले वर्षभरी पुन्य मिल्ने र रोगब्याधि नलाग्ने बिश्वास रहेको छ । तस्बिर :सनद अधिकारी 

नव वर्षको पहिलो दिन शनिबार बागलुङको प्रसिद्ध शक्तिपीठ कालिका भगवती मन्दिरमा दर्शन गर्न आएका भक्तजन । तस्बिरः रामबहादुर थापा

जनकपुरधामस्थित हिन्दूहरूको आस्थाको केन्द्र जानकी मन्दिरमा नयाँ वर्ष २०८१ को पहिलो दिन शनिबार पूजाअर्चना गर्न पुगेका भक्तजनको भीड । तस्बिरः अमरेन्द्रकुमार यादव:

 

नयाँ वर्ष २०८१ का अवसरमा हुम्ला सदरमुकाम सिमकोटमा देउडा खेल्दै माथिल्लो हुम्लाका महिला र तल्लो हुम्लाका पुरुष । तस्बिरः दाने बोहरा

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी