सुन्तला नेपालको राष्ट्रिय फल घोषित

सुन्तला नेपालको राष्ट्रिय फल घोषित

  • शुक्रबार, चैत्र ३०, २०८०
  • मिर्मिरे अनलाइन

  • 13.1K
    SHARES

काठमाडौँ । सरकारले सुन्तलालाई राष्ट्रिय फल घोषणा गरेको छ । शुक्रबार बसेको मन्त्रीपरिषद् बैठकले सो घोषणा गरेको हो ।

राष्ट्रिय कृषि आनुवंशिक स्रोत केन्द्र ९जिन बैंक० ले अनुसन्धान गरी सुन्तलालाई राष्ट्रिय फल बनाउन कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा प्रस्ताव गरिएको थियो । सो प्रस्तावमाथि विभिन्न चरणमा छलफल गरी कृषि मन्त्रालयले मन्त्रीपरिषद्मा प्रस्ताव लगेको थियो ।

कुनलाई राष्ट्रिय फल घोषणा गर्न सकिन्छ, कुन फलको अवस्था के छ, त्यसको तथ्याङ्क, विवरण र विश्लेषण गरी फलफूल विकास केन्द्र कीर्तिपुरले कृषि मन्त्रालयलाई पठाएको थियो । त्यसकै आधारमा विश्लेषण गरेर मन्त्रालयले मन्त्रीपरिषद्मा लगेको हो ।

फलफूल विकास केन्द्रका प्रमुख राजेन्द्र कोइरालाका अनुसार, सुन्तलालाई राष्ट्रिय फल बनाउन २०७५–७६ तिर अध्ययन सुरु भएको थियो । पछिल्लो समयमा नयाँ शिराबाट अध्ययन भएको थियो । सुन्तला जातअन्तर्गत सुन्तला, जुनार, कागती, बिमिरो, भोगटे, निबुवा, मुन्तला, चाक्सी, संखत्र आदि फल पर्छन् ।

नेपालमा अहिलेसम्म खानयोग्य प्रमाणित भएका ८१ वटा फल छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी