फित्रह दानको बारेमा जान्नुपर्ने केही महत्वपूर्ण कुराहरू

फित्रह दानको बारेमा जान्नुपर्ने केही महत्वपूर्ण कुराहरू

  • बुधबार, चैत्र २८, २०८०
  • -मोहम्मद हारून अंसारी

  • 5.9K
    SHARES

अल्लाह सुभहानाहु वा तआलाको कृपा छ कि उहाँले हामीलाई सृष्टिको सर्वश्रेष्ठ बनाउनुभयो र हाम्रो विकास र मार्गदर्शनको लागि अगमवक्ताहरू र सन्देशवाहकहरू पठाउनुभयो। इस्लाम पाँच चीजहरूमा आधारित छ, (१) अल्लाह बाहेक अरू कुनै ईश्वर छैन भनेर गवाही दिने र मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम अल्लाहका अन्तिम दूत हुनुहुन्छ (२) नमाज पढ्ने (३) जकात दिने (४) हज गर्ने (५) पवित्र रमजानको उपवास बस्ने।
जसरी अल्लाहले रमजानको रोजा राख्न अनिवार्य गरेको छ, त्यसरी नै अल्लाहले रमजानको अन्त्यमा इदको नमाज अदा गर्नुअघि जकातुल-फित्र दिनु अनिवार्य गरेको छ । अल्लाहको भनाई छ : “जसले अल्लाहको दूत मोहम्मद सल्लल्लाहु अलैहि वसल्लमको आज्ञापालन गर्यो, उसले अल्लाहको आज्ञापालन गर्यो, र जो विमुख भयो त हामीले तिमीलाई उसको रक्षक बनाएर पठाएका छैनौं”।(निसा : ८०)
जकात अल-फितर प्रत्येक मुस्लिम, पुरुष र महिला, आजाद र दासमाथि अनिवार्य छ, जुन ईदको रातमा निकालेर गरिबहरूमा बाँडिनुपर्छ। हजरत इब्न उमरले जकात अल-फित्रको मात्रा एक साअ बताउनु भयो । इब्न उमरबाट वर्णन गरिएको छ कि अल्लाह को रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नु भएको छ ! “सेवक(गुलाम), आजाद, पुरुष र महिला, जवान र वृद्ध, सानो र ठुलो सबै मुस्लिमहरू जकात अल-फितर एक साअ तिर्न बाध्य छन्”।(बुखरी र मुस्लिम)
अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लमले आदेश दिनुभयो कि ईदको नमाजको लागि बाहिर निस्कनु अघि जकात अल-फितर चुक्ता गर्नुहोस्। हजरत अबू सईद अल-खुदरी (अल्लाह उहाँसँग प्रसन्न होस्) बाट वर्णन गरिएको छ, उहाँले भन्नुभयो : “हामी एक साअ अनाज वा खजूर, एक साअ जौ वा एक साअ मुनक्का वा एक साअ पनिर फित्रा दान दिन्थ्यौँ। (बुखरी र मुस्लिम)
जकात अल-फितरको मात्रा
जकात अल-फित्रको मात्रा “एक साअ” लगभग तीन किलोग्राम हो।
जकात अल-फितरका लाभार्थीहरू

निस्सन्देह, जहाँ इस्लामले जकात अल-फितर तिर्न अनिवार्य बनाएको छ, अल्लाहका मेसेन्जर (सल्लल्लाहु अलैहि वसल्लम) ले यो कसलाई दिने भनेर पनि बताउनुभएको छ ; “इब्न अब्बास (अल्लाह उहाँसँग प्रसन्न होस्) भन्नुहुन्छ कि अल्लाहका रसूल (अल्लाहले उहाँलाई आशीर्वाद र शान्ति प्रदान गरुन्) जकात अल-फित्र अनिवार्य बनाउनुभयो, जसले उपवासमा भएका कमीकमजोरीबाट शुद्धता प्राप्त हुन्छ र यो निमुखाहरूको मद्दत पनि हो, उसको जकात स्वीकृत हुन्छ जसले नमाज भन्दाअघि तिर्यो,र जसले नमाजपछि तिर्यो त त्यो आम दान जस्तो हुनेछ।
प्रश्न:- आमाको गर्भमा रहेको बच्चाको जकात उल फित्र दिइन्छ कि दिदैन ?
जवाफ:- यस्तो बच्चाको तर्फबाट जकात अल-फितर तिर्न मुस्तहब छ, जसरी उस्मानले गरेको थियो, तर आवश्यक छैन किनभने यसको कुनै प्रमाण छैन।
प्रश्न:- के ईदको नमाजपछि त्यो दिनको अन्त्यसम्म जकात अल-फित्र दिन सकिन्छ ?
जवाफ:- जकात अल-फित्र तिर्नको समय ईदको नमाजपछि सुरु हुँदैन, बरु यो रमजानको अन्तिम दिनको सूर्यास्तबाट सुरु हुन्छ जुन शवालको पहिलो रात हो र ईदको नमाजपछि समाप्त हुन्छ।
इब्न उमर (रअ) बाट वर्णन गरिएको छ कि अल्लाहको रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले रमजानमा जकात अल-फितर अनिवार्य बनाउनुभएको छ, तिनीहरू एक वा दुई दिनअघि जकात अल-फितर दिनुहुन्थे।ढिलो गर्नेहरूलाई प्रायश्चित गर्नुपर्छ।
प्रश्न:- जकात-अल-फित्र किन अनिवार्य गरिएको छ ?
जवाफ:- किनभने यसले उपवासीलाई रमजानको पवित्र महिनामा जानाजानी वा अनजानमा निस्केका नराम्रा शब्दहरूबाट शुद्ध पार्छ। हजरत इब्न अब्बास (अल्लाह उहाँसँग प्रसन्न होस्) बाट वर्णन गरिएको छ कि अल्लाहका रसूल (अल्लाहले उहाँलाई आशीर्वाद र शान्ति प्रदान गरून) ले जकात अल-फित्र अनिवार्य बनाएको छ, जसले उपवास बस्नेहरूलाई आलस्य र फोहोरबाट सफा गर्छ, र यो गरिबहरूको लागि खाना पनि हो।
प्रश्न:- के ऋणीहरूलाई जकात अल-फित्र दिन सकिन्छ ?
जवाफ:- जकात अल-फितर ऋणीहरूलाई दिइनेछैन किनभने यो गरिबहरूको लागि मात्र हो।
अल्लाह सर्वशक्तिमानले हाम्रा कर्महरू स्वीकार गरून्, हाम्रा पापहरू क्षमा गरून्, र हामीलाई पवित्र शरिया पालन गर्ने क्षमता प्रदान गरून्। आमिन

लेखक- कलम मासिक पत्रिकाका सह सम्पादक हन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी