सभामख देवराज घिमिरेले आज राजनीतिक दलका शीर्ष नेताहरुसँग छलफल गर्दैछन् । विहान १० बजे हुने छलफलमा प्रधानमन्त्री एवं माओवादी अध्यक्ष प्रचण्ड विपक्षी दल काँग्रेस सभापति शेर बहादुर देउवा एमाले अध्यक्ष केपी शर्मा ओली लगायत अन्य संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरु सहभागी हुने छन् ।
आजको छलफलमा संसदमा काँग्रेसले गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा संलग्न रहेको र संसदीय छानविन हुनु पर्ने माग गर्दै संसद अवरुद्ध पार्ने चेतावनी दिएको विषयमा मुख्य कुरा हुनेछ ।
संसदको बैठक भोली बस्ने र छानविन समिति नबने बैठक चल्न नदिने काँग्रेसले यस अघि नै चेतावनी दिईसकेकाले सभामुखले छलफलका लागि यो पहल थालेका हुन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline