यही बैशाख १५ गते हुने उपनिर्वाचनका लागि उम्मेद्धारी दर्ता गराएकाहरु बिरुद्ध कुनै उजुरी भए आज दिन सकिने छ ।
इलाम–२ मा प्रतिनिधिसभा सदस्य र बझाङ प्रदेशसभा–१ मा प्रदेशसभा सदस्य चयनका लागि आगामी वैशाख १५ गते हुने उपनिर्वाचनअन्तर्गत आज उम्मेदवारहरूविरुद्ध दाबी विरोध गर्न निर्वाचन आयोगले आह्वान गरेको छ।
प्रतिनिधि सभा सदस्यका लागि शनिबार इलाम–२ मा २० जना र प्रदेश सभा सदस्यका लागि बझाङ प्रदेशसभा १ मा १२ जनाले उम्मेदवारी दिएका छन्।
निर्वाचन आयोगका अनुसार चैत २६ गते उमेदवारको नामावली प्रकाशन गर्ने, २७ गते बिहान बिहान ९ देखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता र २७ गते दिउँसो ३ बजेसम्म उमेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तालिका छ।
त्यसपछि चैत २७ गते नै अपराह्न ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने र वैशाख १५ गते बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान गर्ने कार्यतालिका छ।