नेपाल ज्येष्ठ प्राध्यापक समाजको दसौं साधारणसभा सम्पन्न, नब्बे वर्ष कटेका चार जना सम्मानित

नेपाल ज्येष्ठ प्राध्यापक समाजको दसौं साधारणसभा सम्पन्न, नब्बे वर्ष कटेका चार जना सम्मानित

  • शनिबार, चैत्र २४, २०८०
  • मिर्मिरे अनलाइन

  • 15.3K
    SHARES

काठमाडौं, २४ चैत । नेपाल ज्येष्ठ प्राध्यापक समाजको दसौं साधारणसभा सम्पन्न भएको छ । शनिवार काठमाडौंको केएमसि कलेजमा आयोजित सभाले समाजको सांगठनिकतथा आर्थिक प्रतिवेदन पारित गरेको छ ।

बि.स. २०६६ सालमा स्थापना भएको समाजमा विश्वविद्यालयमा अध्यापन गरेर सेवा निवृत्त भएका प्राध्यापकहरु आबद्ध रहेका छन् । साधारणसभामा ९० बर्ष कटेका चार जना शैक्षिक क्षेत्रका हस्तीलाई सम्मान समेत गरिएको थियो । ९३ बर्षका माधव प्रसाद शर्मा, सरस्वती क्याम्पसका फाउन्डर शंकरराज पाठक, पूर्व न्यायधिस तथा ल क्याम्पसका पूर्व डिन टोप बहादुर सिंह, सताब्दी पुरुष डा. गौशिंकर लाल दाशलाइ खादा, माला र दोसल्ला ओडाएर सम्मान गरिएको हो ।

त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति डा. महेश कुमार उपाध्याय भने स्वास्थ्यका कारण कार्यक्रममा उपस्थित हुन नसक्नुभएको आयोजकले जनाएको थियो ।सम्मानित चारै जनाले आफ्नो अनुभव साटासात गर्नुभएको थियो ।
समाजले आफ्नै वेभ पेज समेत लन्च गरेको छ । अबदेखि नेपाल ज्येष्ठ प्राध्यापक समाजका सम्पूर्ण गतिविधि www.nsps.org.np मा हेर्न सकिनेछ ।

समाजका अध्यक्ष डा. विमलकुमार शर्माको सभापतित्वमा सम्पन्न साधारणसभाको सन्चालन बद्रिलक्ष्मी वैद्यले गर्नभएको थियो । कार्यक्रममा प्रा.डा. भुवन ढुंगाना, पन्चांग निर्णायक समितिका पूर्व अध्यक्ष प्रा.डा. माधव प्रसाद भट्टराइ, प्रा.डा.वासुदेव काफ्ले,काठमाडौं मोडेल कलेजका प्रिन्सिपल डा. नागेन्द्र अर्याल,वसन्त कुमार गौतम लगायतले सम्बोधन गर्दै लामो समय शैक्षिक क्षेत्रमा योगदान गरेर सेवा निबृत्त भई जीवनको उत्तरार्धमा पुगेका ज्येष्ठ प्राध्यापकहरुको योगदानको कदर गर्दै उनरुहरुको अधिकारका लागि राज्यले विशेष व्यावस्था गर्नुपर्ने माग गरेका थिए ।

सेवाबाट अवकास भएका जेष्ठ प्राध्यापकसँग रहेको ज्ञान, सीप तथा अनुभवलाइ राज्यले समाजको महत्त्वपूर्ण सम्पतीको रुपमा स्वीकार गरि राज्यले भावि पुस्तामा हस्तान्तरण गर्न स्पष्ट बाटोसहितको खाका बनाउन आवश्य रहेकोमा पनि उनीहरुको जोड थियो ।
प्रोफेसर तिमिला यमि, समाजका निवर्तमान अध्यक्ष बसन्तलाल श्रेष्ठ, प्रा.डा. शिद्धि प्रसाद कोईराला, प्रा.डा. प्रदीप कुमार भट्टराई लगायत जेष्ठ प्राध्यापकको पनि उपस्थिीति थियो ।

समाजको वतमान कार्यसमितिले प्रा.डा. रत्न शमशेर जबरा तथा प्रा.डा. रामवृक्ष साहुलाई नेपाल जेष्ठ प्राध्यापक समाज तथा बद्री तीर्थ आर्थ्रराइटिस समाजको संयुक्त सहकार्यमा तिथांनन्द वैद्य मेमोरियल लाइफ टाईम एचिभमेन्ट अवार्डबाट सम्मान गरेको थियो ।
उक्त अवार्डबाट प्राप्त नगद पुरस्कार नेपाल जेष्ठ प्राध्यापक समाजलाई नै सहयोग स्वरुप अक्षयकोषको रुपमा जम्मा गर्न हस्तान्तरण गर्नुभएको पनि समाजका महासचिव प्रा.डा. सिद्धि प्रसाद कोईरालाले जानकारी दिनुभएको थियो ।
समाजले ज्येष्ठ प्राध्यापकका लागि छुट्टै अस्पतालको माग समेत गरेको छ । आफ्नो उर्जावान समय शैक्षिक क्षेत्रमा खर्चिएर बृद्धाअवस्थामा सहज उपचार समेत पाउन नसक्दा समस्या भईरहेको भन्दै समाजले उक्त माग राख्दै आएको छ ।
समाजले गत भदौ २७ मा तत्कालीन स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतलाई भेटी आफ्ना माग सहितको ध्यानाकर्षण पत्र बुझाएको थियो ।

यस्तै समाजले निवृत प्राध्यापकहरुले निजामती तर्फ पाउने सेवा सुबिधा कम्तीमा पनि समान बनाउनु पर्नेमा ध्यानाकर्षण गराउदै आएको छ । साधारणसभाका लागि केएमसि कलेजले हल उपलब्ध गराएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी