लायन्सका गतिविधि सबैले स्मरण गर्न योग्यः अध्यक्ष दाहाल

लायन्सका गतिविधि सबैले स्मरण गर्न योग्यः अध्यक्ष दाहाल

  • शनिबार, चैत्र २४, २०८०
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

भरतपुर (चितवन) २४ चैत : राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले लायन्स क्लबका गतिविधि सबैले स्मरण गर्न योग्य रहेको बताउनुभएको छ ।

चितवनको भरतपुरमा आजदेखि सुरु भएको लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५ आर नेपालको दोस्रो राष्ट्रिय अधिवेशन उद्घाटन समारोहमा उहाँले समाजमा आपतविपत पर्दा क्लबले महत्वपूर्ण काम गरेको बताउनुभयो ।

‘आपतकालीन अवस्था, भूकम्प, कोभिडलगायतका महामारीमा लायन्सले खेलेको भूमिका महत्वपूर्ण छ”, उहाँले भन्नुभयो, “यहाँहरुको काम गर्ने शैली सबैका लागि अनुकरणीय छ ।”

लायन्स क्लबमा हुने गरेको नेतृत्व हस्तान्तरण, सहजता, लक्ष्य निर्धारण र कार्यसम्पादनको राजनीतिक दलले अनुसरण गर्नुपर्ने बताउनुभयो । देशमा विभेदरहित मानवीय सेवा सबैका लागि आवश्यक रहेको भन्दै उहाँले त्यसका लागि सबैले सहकार्य गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्रले जनताका हकअधिकारको सुनिश्चितता गरेको जनाउँदै उहाँले राजनीतिक उपलब्धिलाई समाज रुपान्तरण र मानव सेवामा प्रयोग गर्नुपर्ने बताउनुभयो । उहाँले राष्ट्रियसभाले जनताका जनजीविकाका मुद्दा उठाउँदै पालिका र प्रदेशलाई सङ्घ सरकारसँग जोड्ने काम गर्ने बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ