ईलाम र बझाङमा हुने उपनिर्वाचनका लागि आज उम्मेद्धारी दर्ता गरिदै

ईलाम र बझाङमा हुने उपनिर्वाचनका लागि आज उम्मेद्धारी दर्ता गरिदै

  • शनिबार, चैत्र २४, २०८०
  • मिर्मिरे अनलाइन

  • 3.2K
    SHARES

आगामी वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ र बझाङ क्षेत्र नम्बर १ (क) मा हुने उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ।

शनिबार बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म उम्मेदवारी दर्ताको समय निर्धारण गरिएको निर्वाचन आयोगले जनाएको छ। आजै साँझ ५ बजेदेखि ६ बजेसम्ममा उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यतालिका छ।

आयोगले आइतबार अपराह्न ३ बजेदेखि चैत्र २६ गते बेलुका ५ बजेसम्ममा मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गर्ने छ। जाँचबुझपछि चैत्र २६ गते बेलुका ५ बजेदेखि ६ बजेसम्ममा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने आयोगले जनाएको छ।

उम्मेदवारहरूलाई आफ्नो उम्मेदवारी फिर्ता लिन चैत २७ गते बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्मको समय निर्धारण गरिएको छ। सोही दिन उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरी सोही चुनाव चिह्न प्रदान गरिने कार्यतालिका छ।

आगामी वैशाख १५ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ।

इलाम २ बाट निर्वाचित नेकपा एमालेका नेता तथा पूर्वसभामुख सुभाष नेम्बाङको निधन भएपछि निर्लाचन हुन लागेको हो।

त्यसैगरी बझाङ क्षेत्र नम्बर १ (क) मा कांग्रेसका पृथ्वीबहादुर सिंहको निधन भएपछि उप निर्वाचन हुन लागेको हो।

एमालेले इलाममा पूर्वसभामुख नेम्बाङका कान्छा छोरा सुहाङ नेम्बाङलाई उम्मेदबार बनाउने भएको छ।

नेपाली कांग्रेसले इलाममा डम्बरबहादुर खड्कालाई उम्मेदवार बनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले इलाममा मिलन लिम्बूलाई उम्मेद्धार बनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ