काठमाडौँ । आयरल्यान्ड ‘ए’ विरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा शुक्रबार नेपालको ‘ए’ टोली दोस्रो खेलमा पनि पराजित भएको छ ।
आयरल्यान्डले नेपाललाई एक सय १४ रनको फराकिलो अन्तरले पराजित गरेको हो । आयरल्यान्डले भने तीन खेलको शृंखलामा २–० को अग्रता सहित एक खेल अगावै श्रृंखला जितेको छ ।
कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको आयरल्यान्डले ३८.४ ओभरमा अलआउट हुनुअघि एक सय ७४ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले भने १६.५ ओभरमै अलआउट हुनुअघि ६० रनमात्र बनाउन सक्यो ।
नेपालका भीम सार्की १७ र विनोद भण्डारीले १६ रन बनाउनु बाहेक कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन् ।
आयरल्याण्डका म्याथ्यु एक्लैले नेपालको ६ विकेट लिएका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline