चलचित्र ‘डम्बरे’को छायाँकन शुरु

चलचित्र ‘डम्बरे’को छायाँकन शुरु

  • शुक्रबार, चैत्र २३, २०८०
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाडौँ । निर्देशक उदय सुब्बाको निर्देशन रहने फिल्म ‘डम्बरे’को छायाङ्कन सुरु भएको छ । शनिबारदेखि झापाबाट सुरु फिल्मको छायाङ्कन सुरु भएको निर्देशन उदय सुब्बाले बताए ।

निर्देशक सुब्बाले फिल्मको छायाङ्कन गुपचुप रूपमा सुरु गरेका हुन् । निर्माण पुरा भएपछि मात्र फिल्मको विषयमा हल्ला गर्ने उद्देश्यले फिल्मको छायाङ्कन गुपचुप सुरु गरेको निर्देशक सुब्बाले बताए ।

इन्द्र लिम्बुको निर्माण रहेको फिल्मको कथा युवाहरूमा बेरोजगारीले निम्त्याएको विभिन्न समस्या बनाइएको छ । फिल्ममा अर्जुन गुरुङ, चन्दा दाहाल, जीवन लिम्बु, विजय लिम्बु, धिरज परेवा, विजय राई, राजेन्द्र दाहाल अलवा निर्देशक सुब्बाको पनि मुख्य भूमिका रहनेछ । एसएस इन्टरनेशनल फिल्मस् प्रालीको ब्यानरमा निर्माण हुन लागेको फिल्मको छायांकार बिक्रम डिसी हुन् ।

विकास चौधरीको सङ्गीत, विजय लिम्बुको द्वन्द्व रहेको फिल्म झापा र इलामका विभिन्न स्थानमा छायाङ्कन हुनेछ ।फिल्मको छायाङ्कन सेडुल एक महिनाको रहेको छ । फिल्ममा ‘डम्बरे’को शीर्ष भूमिकामा अर्जुन गुरुङ देखिछन् । फरक ढंगबाट परदेशीएका युवाको कथालाई डम्बरेमा देखाइने उनले बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी