पचण्डले गोरखा २ बाट राजीनामा दिनु पर्छ, फेरी चुनाव हुनु पर्छ : बाबुराम

पचण्डले गोरखा २ बाट राजीनामा दिनु पर्छ, फेरी चुनाव हुनु पर्छ : बाबुराम

  • बिहिबार, चैत्र २२, २०८०
  • मिर्मिरे अनलाइन

  • 3.5K
    SHARES

गोरखा । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराइले प्रधानमन्त्री प्रचण्डले गोरखा २ बाट राजीनामा दिनु पर्ने बताएका छन् ।

उनी काँग्रेसको मतबाट निवाचित भएको र अहिले धोका दिएको भन्दै राजीनामा दिएर सो क्षेत्रमा पुनः निर्वाचन हुनु पर्ने भट्टराइको माग छ ।

गृह जिल्ला गोरखाका पत्रकारहरूसँगको भेटमा भट्टराईले एउटा पार्टीको मतले जितेर अर्को पार्टीसँग मिलेर प्रधानमन्त्री बन्नु अनैतिक हुने हुँदा पुनः चुनाव लडेर जितेर जान चुनौती दिए।

एउटा पार्टीको भोट लिएर जितेपछि त्यो अवधिसम्म धोका दिनु नहुने उनको भनाइ छ। ‘कांग्रेससँग गठबन्धन गरिसकेपछि पाँच वर्षसम्म त कमसेकम धर्म हो नि त, चट्ट छोडेर एमालेसँग जानुभयो। जान नहुने हो, जानु भयो। त्यहाँ बसिरहनु पर्थ्यो। त्यहाँ पनि बस्नुभएन। फेरि कांग्रेससँग जानुभयो। फेरि एमालेतिर जानु भयो,ु उनले भने, ‘उहाँले तमासा गरिरहनुहुन्छ। फेरि उहाँलाई नै कुर्चीमा राखेर पुजेर यो देश बन्छ भनेर बस्नु मुर्खता हो। उहाँले लज्जा प्रदर्शन गरिसकेपछि म पनि पछि लागिरहन सकिनँ।’

चुनाव जितेर गएदेखि फर्केर नआएकाले गोरखा २ का मतदाता प्रधानमन्त्री प्रचण्डसँग रुष्ट भइसकेको डाक्टर भट्टराईको दाबी छ।

आफूले सदासयता राखेर सधैं प्रचण्डलाई सहयोग गर्ने गरे पनि प्रचण्डले आफूलाई सधैं प्रयोग गरेर फाल्ने गरेको भट्टराईको गुनासो छ। ‘

‘‘
जसरी हुन्छ कुर्सीमा बस्ने प्रवृत्तिलाई नेपालका विद्वतवर्गले पनि पुज्ने गर्नु दुर्भाग्यपूर्ण भएको उनको भनाइ छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ