सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले आज विस्वासको मत लिँदै

सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले आज विस्वासको मत लिँदै

  • बिहिबार, चैत्र २२, २०८०
  • मिर्मिरे अनलाइन

  • 3.4K
    SHARES

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सभामा विश्वासको मत लिने भएका छन्। आज दिउँसो ३ बजे बस्ने प्रदेश सभा बैठकमा उनले विश्वासको मत माग्ने भएका हुन्।

आज बिहान बसेको कांग्रेसको प्रदेश संसदीय दलको बैठकले विश्वासको मत लिने निर्णय गरेको कांग्रेस सुदूरपश्चिमका प्रमुख सचेतक विक्रम धामीले जानकारी दिए।

सत्ता साझेदार नागरिक उन्मुक्ति पार्टीभित्र संरक्षक रेशम चौधरी र अध्यक्ष रञ्जिता श्रेष्ठबीचको विवादले शाहले विश्वासको मत पाउने सम्भावना भने कम छ।

नागरिक उन्मुक्ति पार्टीको सुदूरपश्चिम प्रदेश संसदीय दलले बिहीबार प्रदेश सभा बैठकमा अनिवार्य उपस्थित भएर मुख्यमन्त्री शाहलाई विश्वासको मत दिन र तटस्थ नबस्न ह्विप नै जारी गरेको छ। त्यसअघि बुधबार नै अध्यक्ष रञ्जिता श्रेष्ठले विश्वासको मतको विपक्षमा मतदान गर्न ह्विप लगाएकी छन्।

रेशमको इच्छाविपरीत नयाँ गठबन्धनप्रति लचिलो रहेर कांग्रेस नेतृत्वको सरकार ढाल्न कस्सिएकी श्रेष्ठले बुधबार नाउपाकी समानुपातिक सांसद इन्द्रिरा गिरीलाई बर्खास्त गरेको पत्र प्रदेश सभा सचिवालयमा पठाइसकेकी छन्।

रञ्जिताको चाहनाविपरीत नाउपाका ७ सांसदमध्ये ५ जना सुदूरपश्चिम प्रदेश सरकारमा सामेल छन्। सरकार बाहिर रहेका सांसदद्वय कैलाश चौधरी र टीका थापा रञ्जितानिकट प्रदेश सांसद मानिन्छन्।

नाउपाका सांसद एकढिक्का भएर विश्वासको मत दिए पनि मुख्यमन्त्री शाहलाई सरकार जोगाउन थप दुई सांसदको आवश्यकता पर्ने छ। ५३ सदस्यीय प्रदेश सभामा सरकार बनाउन २७ सांसदको समर्थन चाहिन्छ।

नेपाली कांग्रेसका १८ र नाउपाका ७ गरेर २५ सांसद मात्र समर्थनमा रहेको कांग्रेस नेतृत्वको सरकार अल्पमतमा छ। नाउपा एकढिक्का भएर विश्वासको मत दिए सरकार जोगाउन राप्रपा र स्वतन्त्र एकरएक सांसद निर्णायक छन्।

सुदूरपश्चिम प्रदेश सभामा नेकपा माओवादी केन्द्रका सभामुखसहित ११, नेकपा एमालेका १० र नेकपा एकीकृत समाजवादीका ४ सांसद छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ