नागार्जुन नगरपालीकाको वातावरण सल्लाहकारमा तिम्सिना,गुरुङ र वाईवा नियुक्त

नागार्जुन नगरपालीकाको वातावरण सल्लाहकारमा तिम्सिना,गुरुङ र वाईवा नियुक्त

  • बुधबार, चैत्र २१, २०८०
  • मिर्मिरे अनलाइन

  • 10.9K
    SHARES

काठमाडौं, २१ चैत । नागार्जुन नगरपालीकाले पविन्द वाईवा, सिर्जना तिम्सिना र रोजिना गुरुङलाई वातावरण तथा साँस्कृतिक र सामाजिक सल्लाहकारमा नियुक्त गरेको छ । नगरपालीकाको चैत २० को निर्णय अनुसार समाज सेवामा सक्रिय वाईवा, तिम्सिना र गुरुंगलाई पद त्याग नगरेसम्मको लागि वातावरण तथा साँस्कृतिक र सामाजिक सल्लाहकारमा नियुक्त गरेको हो । तीनै जना जे. भी. फान्डेसनमा आवद्ध भई लामो समयदेखि सामाजिक क्षेत्रमा कार्य गर्दै आएका छन ।
वाईवा हाल फाउन्डेसन नेपाल रास्ट्रिय समितिको सदस्य सचिव, गुरुंग सचिव र तिम्सिना प्रवक्ताको जिम्मेवारीमा रहेका छन । जे.भि.फाउन्डेसन नेपाल रास्ट्रिय समितिले बिभिन्न स्थानीय तहलाई बिभिन्न प्रजातिका बिरुवा पदान गर्दै आएको छ । नागार्जुन नगर पालिकालाई पनि विभिन्न प्रजातिको रुख बिरुवा ३५ हजार दिएको छ ।


तीनै जनालाई नगरप्रमुख मोहन बहादुर बस्नेतले खादा लगाई बधाई दिनुभएको थियो । सोहि अवसरमा जेभी फाउन्डेसनका केन्द्रिय अध्यक्ष राष्ट्रिय समाजसेवी प्रा.डा. जगदीश वैद्यको पनि उपस्थिती थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ