नेपालकी कराते खेलाडी एरिका गुरुङले युएस ओपन कराते च्याम्पियनसिपमा दुई पदक जितेकी छिन्।
उनले टेक्सासमा भएको च्याम्पियनसिपमा यू–२१ को ६८ केजी तौल समूहमा स्वर्ण जितेकी हुन्। यस्तै मुख्य प्रतिस्पर्धामा उनले रजत पदक हात पारेकी छिन्।
एरिकाले यू–२१ को फाइनलमा क्यानडाकी खेलाडीलाई ९(० ले पराजित गरिन्।
यस्तै सिनियर इलिटको प्रतिस्पर्धामा भने एरिका फाइनलमा पराजित भइन्। उनले अमेरिकाकी खेलाडीसँग ३(२ को पराजय भोग्दा रजत जितिन्।
एरिका नेपालका लागि एसियाली खेलकुदमा करातेबाट रजत जित्ने खेलाडी हुन्। उनले गत असोजमा चीनमा भएको एसियाली खेलकुदमा ऐतिहासिक रजत जितेकी थिइन्।
प्रतियोगितमा भाग लिएका अर्का नेपाली खेलाडी विप्लवलाल श्रेष्ठ सेमिफाइनलमा रोकिए।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline