गृहमन्त्री रवि लामिछाने बिरुद्ध छानविनको माग गर्दै आज पनि काँग्रेसद्धारा संसदमा बिरोध

गृहमन्त्री रवि लामिछाने बिरुद्ध छानविनको माग गर्दै आज पनि काँग्रेसद्धारा संसदमा बिरोध

  • सोमवार, चैत्र १९, २०८०
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

१९ चैत, काठमाडौं । गृहमन्त्री रवि लामिछाने बिरुद्ध सहकारी ठगी प्रकरणमा छानविनको माग गर्दै आज पनि काँग्रेस सांसदहरुले संसदमा बिरोध जनाएको छ ।

संसद शुरु हुनासाथ काँग्रेस सांसदहरु उभिएर बिरोध गरेका थिए । त्यसपछि सभामुखले बोल्ने समय दिएपछि नेपाली कांग्रेसकी सांसद प्रतिमा गौत्तमले सत्तारुढ दलहरु गृहमन्त्रीलाई गुमाउनुपर्छ भन्ने त्रासमा रहेको बताईन् ।

गौतमले सहकारीको बचत हिनामिना गरेको भनी उपप्रधन तथा गृहमन्त्री रवि लामिछाने आरोपित रहेको बताइन् । यस विषयमा आफूहरुले संसदीय छानबिन समिति गठनको माग गर्दा सत्तारुढ दलहरु तयार नहुनु आफैंमा शंकास्पद रहेको बताइन् ।

‘एउटा सहयात्री दलका अध्यक्ष गृहमन्त्रीलाई गुमाउनुपर्छ भन्ने मानसिक पीडमा सरकार देखियो, त्रसित देखियो । हामी बुझ्दछौं(सरकार टिकाउनुपर्ने छ । बाध्यताहरु होलान,’ सांसद गौतमले भनिन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ