बागमतीको मुख्यमन्त्री जमकट्टेलले आज विस्वासको मत लिँदै, एसले मत नदिए पद धरापमा पर्ने

बागमतीको मुख्यमन्त्री जमकट्टेलले आज विस्वासको मत लिँदै, एसले मत नदिए पद धरापमा पर्ने

  • सोमवार, चैत्र १९, २०८०
  • मिर्मिरे अनलाइन

  • 3.2K
    SHARES

मकवानपुर । पुरानो सत्ता साझेदार कांग्रेस समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत लिँदैछन् । सोमबार दिउँसो १ बजे प्रदेशसभा बैठकमा उनले विश्वासको मत लिने भएका हुन् ।

विश्वासको मत लिँदै वाग्मतीका मुख्यमन्त्री सदनमा २ सिट रहेको हाम्रो नेपाली पार्टी (हानेपा) का सांसद शैलेन्द्रमान बज्राचार्यलाई मन्त्री बनाएर बहुमत जुटाइरहेका मुख्यमन्त्री जम्कट्टेललाई सत्तारुढ एकीकृत समाजवादी (एस) ले आइतबार ‘यथास्थितिमा’ समर्थन नगर्ने निर्णय गरेर दबाब दिएको छ । यदी एसलाई मनाउन नसके मुख्यमन्त्री जमकट्टेललाई बहुमत पुग्दैन र उनको पद धरापमा पर्नेछ ।

जम्कट्टेलले शनिबार सत्ता साझेदार ठूलो दल एमालेबाट संसदीय दलका नेता जगन्नाथ थपलियालाई सरकारमा सहभागी गराएका थिए ।

हानेपा र एमाले सरकारमा सहभागी भएसँगै अंकगणितमा मुख्यमन्त्री जम्कट्टेल बलियो देखिएका थिए । ५६ सांसदको बहुमत पुर्याउदा मात्रै उनको पद जोगिने छ । जम्मकट्टेको पक्षमा एमालेको २७, माओवादी केन्द्र २१, हाम्रो नेपाली पार्टीको २ मत छ । एसको सात मतको छिनोफानो हुन बाँकी छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ