जे.भी.फाउन्डेसनको राष्ट्रिय समिति गठन, अध्यक्षमा देवी माया सुनुवार

जे.भी.फाउन्डेसनको राष्ट्रिय समिति गठन, अध्यक्षमा देवी माया सुनुवार

  • आइतवार, चैत्र १८, २०८०
  • मिर्मिरे अनलाइन

  • 10.3K
    SHARES

काठमाडौं, १८ चैत । देवी माया सुनुवारकाे अध्यक्षतामा जे.भी. फाउन्डेसन नेपालको राष्ट्रिय समिति गठन गरिएको छ । जिसस काठमाडौंस्थित फाउन्डेसनको कार्यालयमा आइतबार सम्पन्न बैठकले ११ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको छ ।
समितिको वरिष्ठ उपाध्यक्षमा बिण्णु माया साम्पाङ , उपाध्यक्ष ललिता देबि गुरुङ, सदस्य सचीव पबिन्द्र वाईवा, सचीवमा रोजिना गुरुङ , गणेश दनुवार , प्रेम लिगल , सिर्जना तिम्सिना, स्वस्तिका पन्थी , ज्योति बर्मा प्रतिभा श्रेष्ठ र भिमसेन सापकोटा नियुक्त भएका छन ।
समितिको आजै बसेको बैठकले सबै सात वटा प्रदेशको प्रमुख समेत नियुक्त गरेको छ ।

जस अन्तर्गत बागमती प्रदेश प्रमुखमा सिर्जना तिम्सिना, कर्णाली प्रदेश प्रमुखमा पबिन्द्र वाईवा, सुदुरपश्चिम प्रदेशमा रोजिना गुरुङ, कोशी प्रदेशमा गणेश दनुवार,गण्डकी प्रदेशमा प्रेम लिगल, लुम्बिनी प्रदेश स्वस्तिका पन्थी र मधेस प्रदेश प्रमुखमा ज्योति बर्मा रहेका छन । याे समितिकाे कार्यकाल पाँच वर्षको हुनेछ ।
जे.भी. फाउन्डेसन रास्ट्रिय समितिले नेपालभर सातै प्रदेश, ७७ जिल्ला ७५३ पालिकाहरुमा धार्मिक मठ,मन्दिर ,संरक्षण गर्ने गराउने , गुरुकुल ,अनाथ असहायलाई आर्थिक तथा भौतिक सहयोग गर्ने गराउने कार्य गर्दै आएकोमा यस्लाई निरन्तरता दिने निर्णय पनि आजको बैठकले गरेको छ ।
फाउन्डेसनका केन्द्रिय अध्यक्ष राष्ट्रिय समाजसेवी प्रा.डा. जगदीश वैद्यकाे प्रमुख आथित्यतामा बैठक बसेको थियो । यस्तै बैठकले बागमती प्रदेश प्रमुख तिम्सिनालाई प्रवक्ताको जिम्मेवारी दिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ