संवैधानिक परिषद्को बैठक आज बस्दै

संवैधानिक परिषद्को बैठक आज बस्दै

  • आइतवार, चैत्र १८, २०८०
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

संवैधानिक परिषद्को बैठक आज बस्दैछ। बैठक आइतबार बिहान ९ बजे बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। संविधानको धारा २८३ अनुसार संवैधानिक निकायमा पदाधिकारी नियुक्तिका लागि सिफारिस गर्न प्रधानमन्त्रीले परिषद् बैठक बोलाएका हुन्।

एक साताअघि नै बैठक बोलाइए पनि सभामुख देवराज घिमिरे जेनेभा भ्रमणमा गएकोले बैठक आजका लागि सारिएको थियो।

आजको बैठकमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, महालेखा परीक्षकको कार्यालय र निर्वाचन आयोगमा रिक्त पदाधिकारी नियुक्तिका लागि सिफारिस गर्ने कार्यसूची छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शनिबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि आजको बैठकका एजेण्डाका विषयमा छलफल गरेका छन्।

नयाँ सत्ता समीकरण बनेपछि शनिबार पहिलोपटक ओली र देउवा एकैसाथ प्रचण्डलाई भेट्न बालुवाटार पुगेका थिए।

प्रधानमन्त्री अध्यक्ष रहने परिषद्‍मा सदस्यमा प्रधानन्यायाधीश, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रतिनिधि सभाका विपक्षी दलका नेता र प्रतिनिधि सभाको उपसभामुख रहन्छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ