कांग्रेसले आगामी निर्वाचनमा गठबन्धन गर्दैनः डा कोइराला

कांग्रेसले आगामी निर्वाचनमा गठबन्धन गर्दैनः डा कोइराला

  • शनिबार, चैत्र १७, २०८०
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

काठमाडौँ, १७ चैतः नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीले आगामी निर्वाचनमा गठबन्धन नगरी चुनाव लड्ने बताउनुभएको छ ।

बिपी स्मृति सामुदायिक सहकारी अस्पताल लिमिटेडको १६औँ वार्षिक साधारणसभामा उहाँले आगामी निर्वाचनमा नेपाली कांग्रेसले गठबन्धन नगर्ने स्पष्ट पार्नुभएको हो ।

नेता डा कोइरालाले राष्ट्रियसभामा समावेशी र समानुपातिक निर्वाचन प्रणाली र प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित हुने निर्वाचन प्रणाली लागू गरे मात्रै कनै एक दलले बहुमत ल्याउने र मुलुकमा स्थायित्व, विकास निर्माण अघि बढ्न सक्ने धारणा राख्नुभयो ।

नेता डा कोइरालाले सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता व्यक्तिहरुको छानबिन आयोगसम्बन्धी विधेयक, मानवअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय मूल्य, मान्यता, सर्वोच्च अदालतको निर्देशन र पीडितमैत्री बनाउनुपर्ने धारणा राख्नुभयो ।

कांग्रेस नेता अर्जुननरसिंह केसीले पछिल्लो समय देश चुनौतीको घडीमा अगाडि बढिरहेको बताउनुभयो । उहाँले सहकारी र लघुवित्त रकम ठगी गर्नेलाई कारबाहीको माग गर्नुभयो । नेता केसीले नागरिकमा रहेको निराशालाई चिर्नका लागि वर्तमान सरकार र राजनीतिक दल लाग्नुपर्नेमा जोड दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी