बागमती प्रदेश मन्त्रिपरिषद् विस्तार

बागमती प्रदेश मन्त्रिपरिषद् विस्तार

  • शनिबार, चैत्र १७, २०८०
  • मिर्मिरे अनलाइन

  • 3.3K
    SHARES

मकवानपुर, १७ चैतः बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ ।

मुख्यमन्त्री जम्कट्टेलको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रदेशसभा संसदीय दलका नेता जगन्नाथ थपलियालाई आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त गर्नुभएको हो ।

नवनियुक्त मन्त्री थपलियालाई प्रदेशप्रमुख शर्माले आज साँझ पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । थपलिया दोस्रोपटक प्रदेश सरकारको आर्थिक मामिला तथा योजनामन्त्री बन्नुभएको हो । उहाँले यसअघि २०७९ पुस २६ गते सो मन्त्रालय सम्हालनुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी