काठमाडौं, १४ चैत । जिल्ला समन्वय समिति काठमाडौंले जे.भी. फान्डेसनका अध्यक्ष राष्ट्रिय समाजसेवी प्रा.डा. जगदीश वैद्यलाई सम्मान गरेको छ । मंगलवार एक कायक्रमको आयोजना गरि समन्वय समितिका प्रमुख सन्तोस बुढाथोकीले अन्तरास्ट्रिय सोसल अवार्डबाट सम्मानित प्रा.डा. वैद्यलाइ प्रमाणपत्रसहित सम्मान गर्नुभएको हो । यहि मार्च २४ मा नयाँ दिल्लीमा आयोजित समारोहमा जर्मन हुसेन अन्तर्राष्ट्रिय विश्वबिद्यालयबाट महाविद्यावारीधि सोसल सर्भिस अफ फिलोसफी (डाक्टर) को दिक्षान्त समारोहमा नेपालको तर्फबाट प्रा.डा. वैद्यलाई सम्मानित गरिएको थियो ।
उक्त पदवीबाट सम्मानित हुनुभई वैद्यले नेपाल र नेपालीको मान सम्मान बढाई दिनुभएकोमा उहाँलाई जिसस काठमाडौंको तफबाट सम्मान प्रदान गरिएको प्रमुख बुढाथोकीले बताउनु भयो । प्रा.डा.वैद्य जिल्ला समन्वय समिति काठमाडौंको पनि प्रमुख सल्लाहकार हुनुहुन्छ ।
जिससले गरेको सम्मान तथा दिवा भोज कार्यक्रममा नागार्जुन नगरपालिका मेयर मोहन बस्नेतको पनि उपस्थिीति थियो । मेयर बस्नेतले समाजसेवी वैद्यले आफ्नो कमबाट नेपाल र नेपालीको शिर उच्च राख्ने काम गर्नुभएको धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

कार्यक्रममा जे.भी. फाउन्डेसनका पदाधिकारी, त्रिवि मन्दिर व्यावस्थापनका समितिका सदस्य तथा स्थानीय सरकारका सल्लाहकारहरुको पनि सहभागिता थियो ।
सोहि अवसरमा जिसस प्रमुख बुढाथोकीले नागार्जुन नगरपालीकाको झाँक्रीबासमा मुर्ति निमाणमा सहयोग गरिदिन आग्रह समेत गर्नुभयो ।

पर्यटन प्रवर्द्धनमा बढोत्तरी गर्ने उद्धेश्यले काठमाडौं जिल्ला, नागार्जुन नगरपालिका, वडा न ७, गुरुड्डाँडामा झाँक्रीबास सामूदायिक वनमा ४२ फिट लम्बाई र ४ फिट चौडाई भएको ढुंगा रहेकोले उक्त ढुंगाबाट मैत्रेय बुद्धको मूर्ति निर्माण गर्ने लागिएकोले मूर्ति निर्माण कार्यमा आवश्यक सहयोग गरिदिनुहुन अनुरोधसहितको पत्र प्रमुख बुढाथोकीले प्रा.डा. वैद्यलाई हस्तान्तरण गर्नुभएको थियो ।
