ढोलाहिटी हत्या प्रकरणः होटल सञ्चालक सहित चार जना पक्राउ

ढोलाहिटी हत्या प्रकरणः होटल सञ्चालक सहित चार जना पक्राउ

  • मङ्लबार, चैत्र १३, २०८०
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

ललितपुरको ढोलाहिटीमा ग्याङ फाइट हुँदा दुई जनाको हत्या भएको विषयमा प्रहरीले होटल सञ्चालकसहित चार जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान शुरु गरेको छ ।

पक्राउ परेका चार जनालाई प्रहरीले मंगलबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । थप एक जना फरार रहेको र उनको खोजी भईरहेको प्रहरीले जनाएको छ ।

ललितपुर महानगरपालिका वडा नम्बर २६ ढोलाहिटीमा आइतबार राति ग्‍याङ फाइट हुँदा पाँचथर घर भई खुमलटार बस्ने पुजन राई र धरान घर भई ढोलाहिटी बस्ने रोवश राईको ज्यान गएको थियो ।

यस घटनामा संलग्न रहेको आरोपमा प्रहरीले खोटाङ साकेला गाउँपालिका वडा नम्बर २ सेखुवा घर भई हाल ललितपुर महानगर २६ जैनखेल बस्ने होटल डिप्रस्पाइनका सञ्चालक ३१ वर्षीय विजय राई र खोटाङ साकेला गाउँपालिका २ रतन्छा घर भई हाल ललितपुर १५ खुमलटार बस्ने होटलकै अर्का सञ्चालक ३० वर्षीय सुलभ राईलाई पक्राउ गरेको छ।

भोजपुर ट्याम्केमयुङ गाउँपालिका २ अन्नपूर्ण घर भई ललितपुर २६ जैनखेल बस्ने ३८ वर्षीय विशाल हाङ मुकारूङ राई, काठमाडौं गोकर्णेश्वर नगरपालिका ११ घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका ६ सानागाउँ बस्ने वर्ष २५ को हाड राई पक्राउ परेका हुन्।

पाजु गुरुङ भन्ने व्यक्ति भने फरार रहेका छन् ।

यस घटनामा अनुसन्धानका लागि थप ८ जनालाई नियन्त्रणमा लिए पनि तत्काल चार जनालाई मुद्धा चलाउने प्रहरीले तयारी गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ