जे.भी. फाउन्डेसनद्वारा पछिल्लो महिना दुई सय ६० वटा बेवारिसे शव जलाउन आर्थिक सहयोग

जे.भी. फाउन्डेसनद्वारा पछिल्लो महिना दुई सय ६० वटा बेवारिसे शव जलाउन आर्थिक सहयोग

  • मङ्लबार, चैत्र १३, २०८०
  • मिर्मिरे अनलाइन

  • 11.5K
    SHARES

काठमाडौं, १३ चैत ।
जे.भी फाउन्डेसनले पछिल्लो महिना मात्रै दुई सय ६० वटा बेवारिसे अवस्थामा रहेका शव जलाउन आर्थिक सहयोग गरेको छ । फाउन्डेसनका अध्यक्ष राष्ट्रिय समाजसेवी प्रा.डा. जगदीश वैद्यले फागुन देखि चैत पहिलो हप्तासम्म २ सय ६० जनाको शव जलाउनका लागि आर्थिक सहयोग गरेको बताउनु भयो ।
अध्यक्ष वैद्यले गत सोमबार आफै उपस्थित भएर ६ जना को शव को दाहसंस्कार समेत गर्नुभएको थियो । फाउन्डेसनका वरिष्ठ उपाध्यक्ष देबि माया सुनुवार र केन्द्रिय सदस्य रोजिना गुरुङले पनि शव जलाउन आर्थिक सहयोगग गर्दै आएको वैद्यले बताउनु भयाे।
पशुपति आर्यघाट (बिद्युतिय शवदाह गृह) पुग्नुभएका अध्यक्ष वैद्यले अहिलेसम्म फाउन्डेसनले ६० हजार भन्दा धेरैको शव जलाउन आर्थिक सहयोग गरिसकेको जानकारी दिनुभयो ।
बि.स. २०३५ सालदेखि समाजसेवा क्षेत्रमा सक्रिय भएर लाग्नुभएका प्रा.डा. वैद्यले शव जलाउन समेत पैसा नभएका, आफन्त नभएका र बेवारिसे अवस्थामा भेटिएका शव जलाउन तथा मृत्यु संस्कारका लागि आर्थिक अभाव भएकाहरुलाई पनि आईरहेको बताउनु भयो । पैसा कै अभावमा कसैको शव बेवारिसे बन्न नपुगोस भन्ने उदेश्यले सहयोग गर्ने गरिएको बताउदै उहाँले कोहि आफन्त नभएकाहरुको आफै मलामि बनेर दाहसंस्कार गरिएको पनि बताउनु भयो ।फाउन्डेसनले असहाय, असक्तहरुलाई खाद्यान्ह, लत्ताकपडा सहयोग गर्नुका साथै रक्तदान गर्ने गरेको छ । अध्यक्ष प्रा.डा. वैद्य आफैले हालसम्म १ सय ९५ पटक रक्तदान गरिसक्नुभएको छ ।

साथै उहाँले त्रिभुवन विश्वविद्यालय, कृषि तथा बन विज्ञान विश्वविद्यालय, पोखरा विश्वविद्यालय लगाएत नेपाल भरी १२२ मन्दिर आफ्नै हातबाट शिलान्यास गरी मन्दिरमा लाग्ने सम्पूर्ण सहयोग गर्नुका साथै नेपाल भरी गुरुकुल र अनाथ असहाय संस्थाहरुलाई खाद्यान्न तथा लत्ताकपडा सहयोग वार्षिक नेपाल भरी लाखौ विभिन्न प्रजातीका रुख विरुवा स्थानिय निकायलाई हस्तान्तरण गर्नुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी