नेपालको प्रतिनिधित्व गर्दै युनिभर्सल वुमन २०२४ को निर्णायकमा संगीता पुरी

नेपालको प्रतिनिधित्व गर्दै युनिभर्सल वुमन २०२४ को निर्णायकमा संगीता पुरी

  • मङ्लबार, चैत्र १३, २०८०
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

काठमाडौं, १२ चैत : ग्लोबल ग्ल्यामर भेन्चर्सकी निर्देशक संगीता पुरीले युनिभर्सल वुमन २०२४ प्रतियोगितामा निर्णायकको रूपमा नेपालको प्रतिनिधित्व गरेकी छिन्। युनिभर्सल वुमन एक प्रतिष्ठित ग्लोबल प्रतियोगिता हो जसले विविधता र सशक्तिकरणका साथ विश्व भरका महिलाहरूको प्रतिभा र उपलब्धिहरू प्रदर्शन गर्दछ ।

कम्बोडियाको नोम पेनमा २ दिन सम्म सन्चालन भएको युनिभर्सल वुमन २०२४ मा ५० वटा देशका प्रतिस्पर्धिहरु क्राउनको लागि प्रतिस्पर्धा गरेका थिए । निर्णायकको लागि भएको संगीता पुरीको सेलेक्सनले अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा भाग लिने नेपालको प्रतिबद्धतालाई मात्र नभई एक निर्णायकको रूपमा, उनले उत्कृष्टताको पहिचान गर्न र प्रतियोगीहरू बीच एकताको भावनालाई बढावा दिन महत्त्वपूर्ण भूमिका खेलेकी छिन् ।

युनिभर्सल वुमनकी निर्णायक तथा ग्लोबल ग्ल्यामर भेन्चर्स प्रा. लि. की डिरेक्टर, संगीता पुरीले भन्नुभयो, “युनिभर्सल वुमन २०२४ मा नेपालको प्रतिनिधित्व गर्न पाउँदा मैले अत्यन्तै गौरवानवित महसुस गरेकी छु । यस्तो प्रतिष्ठित कार्यक्रममा योगदान गर्न पाउनु र विश्वभरका महिलाहरूले देखाएको अतुलनीय प्रतिभाको साक्षी बन्न पाउनु एउटा सौभाग्यको कुरा हो। मैले यो कार्यक्रमबाट धेरै कुरा सिकेकी छु र मिस युनिभर्स नेपाल २०२४ मा मैले सिकेका सबैकुरा लागु गर्न उत्साहित छु ।”

उनी युनिभर्सल वुमनका जजहरु मध्ये सबैभन्दा कम उमेरकी जज पनि हुन् । ग्लोबल ग्ल्यामर भेन्चर मिस नेपाल युनिभर्स २०२४ को आयोजक हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी