स्याङजाको वालिङमा जिप दुर्घटना हुँदा नौजना घाइते भएका छन्।
शनिबार साँझ वालिङ नगरपालिका वडा नम्बर ११ छत्युनस्थित भित्री सडक खण्डमा वालिङबाट धनपुरतर्फ जाँदै गरेको ग।२ च।७४७९ नम्बरको बोलेरो दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
बोलेरो ब्रेक फेल भई सडकबाट अन्दाजी २० मिटर तल खस्दा चालकसहित ९ जना घाइते भएका हुन्।
दुर्घटनामा जिप चालक स्याङजा वालिङ ११ जोहानखोला घर भएका ४१ वर्षीय ज्ञान प्रसाद पंगेनी, सोही ठाउँकी ३२ वर्षाीया सुकमाया सुन्धौली, उनका छोरा १३ वर्षीय संगम, १९ वर्षीया नम्रता खत्री, ७७ वर्षीय रन बहादुर मगर, ७५ वर्षीया लाटी मगर, स्याङजाको भिरकोट न।पा। ५ स्वरेक बस्ने वर्ष ३० की विन्दु खवास, वालिङ न।पा।११ जुहानखोला बस्ने वर्ष ३६ की हुमकला पंगेनी र वर्ष १७ की करिना खवास घाइते भएका छन्।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline