काठमाडौँ । हाजिर जमानीमा रिहा भएका पूर्वसभामुख कृष्णबहादुर महरा केही दिन अस्पतालमै रहने भएका छन् । स्वास्थ्य अवस्थाका कारण चिकित्सकको सल्लाहअनुसार महरालाई अझै केही दिन अस्पतालमै राखिने पारिवारिक स्रोतले बताएको छ ।
जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँको सहमतिमा केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई हाजिर जमानीमा थुनामुक्त गरेको थियो । उनलाई इलेक्ट्रिक चुरोट ‘भेप’ मा लुकाएर ल्याएको सुनबारे अनुसन्धान गर्न प्रहरीले चैत ५ मा उनलाई रुपन्देहीबाट पक्राउ गरी काठमाडौँ ल्याइएको थियो ।
स्वास्थ्यका कारण नर्भिक अस्पतालमा भर्ना भएका महरालाई ब्युरोका अनुसन्धान अधिकृतहरूले बुधबार र बिहीबार माइतीघरस्थित जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा ल्याएर बयान गराएका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline