कृष्ण बहादुर महरा हाजिरी जमानीमा थुनामुक्त

कृष्ण बहादुर महरा हाजिरी जमानीमा थुनामुक्त

  • शुक्रबार, चैत्र ९, २०८०
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमाडौँ । सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा हाजिरी जमानीमा थुनामुक्त भएका छन् ।

शुक्रबार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा बयान सकिएसँगै महरालाई हाजिरी जमानीमा छाडिएको हो । महरालाई जेठा छोरा निर्मलको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंका प्रमुख सहन्यायाधिवक्ता सन्देश श्रेष्ठले महराको स्वास्थ्य अवस्थालाई हेरेर हाजिरी जमानतमा छाडिएको बताए ।

ुमहरालाई अनुसन्धानका लागि बोलाएका बेला आउने गरी छोराको जिम्मा लगाई छाडिएको हो ।

महरालाई प्रहरीले सोमबार कपिलवस्तुबाट पक्राउ गरेको थियो । उनको चीनीयासँग फोन सम्पर्क बाहेक अन्य प्रमाण नभेटिएपछि पनि प्रहरीमाथि रिहा गर्न दबाब परेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ