चीनीयासँग कुराकानी बाहेक अन्य प्रमाण नभेटिएपछि कृष्ण बहादुर महरालाई हाजिरी जमानीमा छाडिदै

चीनीयासँग कुराकानी बाहेक अन्य प्रमाण नभेटिएपछि कृष्ण बहादुर महरालाई हाजिरी जमानीमा छाडिदै

  • शुक्रबार, चैत्र ९, २०८०
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

९ किलो इलेक्ट्रिक चुरोट (भेप) तस्करी प्रकरणमा पक्राउ परेका कृष्णबहादुर महरालाई हाजिर जमानीमा छाडिने भएको छ । महरा विभिन्न रोग पीडित भएकाले उनलाई हाजिरी जमानीमा छाड्ने तयारी भएको स्रोतले बताएको छ । चैत ५ गते महरालाई कपिलवस्तुबाट पक्राउ गरिएको थियो ।

काठमाडौं ल्याएर केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले महराको सम्पर्क सुन तस्‍करका मुख्य नाइके दाओजिन वाङसँग सम्पर्क गरेको देखिएको भन्दै संगठित अपराध कसुरमा अनुसन्धान अघि बढाएको थियो।

महरा मधुमेह, ब्लड प्रेसर लगायतको रोगबाट ग्रसित महरालाई नर्भिक अस्पतालमा राखिएको छ ।उक्त म्याद सकिएसँगै उनलाई थप म्याद नलिने गरी सरकारी वकिल कार्यालयबाटै छाड्न लागिएको हो।

‘यस ऐन बमोजिम अनुसन्धानको सिलसिलामा हिरासतमा रहेको कुनै व्यक्तिलाई हिरासतमा राखिरहनु आवश्यक वा उपयुक्त नदेखिएमा अनुसन्धान अधिकारीले सरकारी वकिलको सहमति लिई वा तत्काल त्यस्तो सहमति लिन सकिने अवस्था नभएमा कारणसहितको पर्चा खडा गरी त्यस्तो व्यक्तिबाट धरौटी वा जमानत लिई वा निजलाई कुनै माथवर व्यक्तिको जिम्मामा हाजिर जमानीमा छाड्न वा तारिखमा राख्न सक्नेछ,’ फौजदारी संहितामा व्यवस्था छ ।

सरकारी वकिल कार्यालय काठमाडौंमा महराको दुई दिन बयान लिएर सकिएको छ।

यसरी दुई दिन बयान लिनेक्रममा उनले आफ्नो सुन तस्करीमा संलग्नता नरहेको बयान दिँदै आएका छन् ।

‘फोन सम्पर्क भएको भनिएको छ। तर प्रमाणको आधारमा कुराकानी भएको बाहेक अन्य देखिएको छैन,’ अनुसन्धानमा संलग्न अधिकारीले भने । साथै महरा बिरुद्ध अन्य कुनै पनि आरोपीले पोलेका छैनन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ