काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सहकारी ठगीमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धान गर्न संसदीय समिति गठन गर्न सरकार डराएको आरोप लगाएका छन्।
बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद खतिवडाले सरकारमाथि नै प्रश्न चिन्ह खडा भएको बताए।
उनले संसदीय समिति गठन गर्न नसक्ने सरकारले आफ्ना साझा न्यूनतम कार्यक्रममा विभिन्न आयोग गठन गर्ने उल्लेख गरेको भन्दै आपत्ती जनाए।
सांसद खतिवडाले भने,ुसरकारले न्यूनतम साझा कार्यक्रम सुनियो। विभिन्न आयोग गठन गर्छु भन्ने पनि त्यहाँ उल्लेख गरिएको पाइयो। सहकारी ठगीको एउटा संसदीय समिति गठन गर भनेर आवाज उठाउँदा भागेर हिँडने सरकारले कस्तो आयोग गठन गर्ला ? अचम्मको विषय पर्यो सभामुख। जनतालाई ढाँट्ने काम नहोस्।
उनले भने,ुकेही दिनअघि प्रधानमन्त्रीज्यूले मैले संसदमा बोलेको सुने। सरकारको गियर परिवर्तन गर्नुपर्यो भन्नुभयो। एक्सिलेटर नै बिग्रिएको र इन्जिन नै काम नलाग्ने सरकारको गियर परिवर्तनले केही काम लाग्दैन भन्ने आभाश हामीलाई लागेको छ।