देशका विभिन्न भागमा बर्षा र हिमपात

देशका विभिन्न भागमा बर्षा र हिमपात

  • बुधबार, चैत्र ७, २०८०
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

काठमाडौँ । बुधबार कोशी, बागमती र गण्डकी प्रदेशमा पहाडी तथा उच्च पहाडी क्षेत्रका केही ठाउँमा वर्षा भइरहेको छ । यी प्रदेशमा उच्च हिमाली भागमा हिमपात समेत भइरहेको छ । उता पश्चिम तथा सुदूरपश्चिमका क्षेत्रहरूमा भने बादल लागिरहेको मौसमविद्को भनाई छ ।

भूमध्य सागरबाट आएको जलवाष्पयुक्त वायु र स्थानीय बादल बन्ने प्रणालीबाट हाल देशका विभिन्न ठाउँमा वर्षा र बदली भइरहेको मौसमविद् गोविन्द झाले रातोपाटीलाई जानकारी दिए । उनले भने– ‘पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण वर्षा भएको हो । मिडिटेरियन सी बाट आएको वायुको प्रभावका कारण वर्षा र बादल लाग्ने भइरहेको छ । आज कोसी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी क्षेत्रका केही ठाउँमा सामान्य वर्षा भइरहेको छ ।’

अहिले मनसुन पूर्वको समयमा यसरी वर्षा हुनु सामान्य भएको बताउँदै वर्षा र बादल लाग्ने क्रम झन्डै ३ दिनपछि हटेर जाने उनले बताए ।

कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना र कोशी, मधेश र बागमती प्रदेशको केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेकोले त्यस क्षेत्रमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन पनि विभागले आग्रह गरेको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ