संसदमा फेरी पनि काँग्रेसद्धारा गृहमन्त्रीको राजीनामा माग

संसदमा फेरी पनि काँग्रेसद्धारा गृहमन्त्रीको राजीनामा माग

  • बुधबार, चैत्र ७, २०८०
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

गृहमन्त्री रवि लामिछाने बिरुद्ध आक्रामक बनेको नेपाली काँग्रेसले आज पनि संसदमा राजीनामा माग गरेको छ ।

आज पनि प्रतिनिधि सभाको बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेको राजीनामा माग्दै उठेर अवरोध गरेका छन् । त्यसपछि सभामुख देवराज घिमिरेले सांसद ईश्वरी न्यौपानेलाई बोल्न समय दिए ।

उनले सहकारी प्रकरणबारे गृहमन्त्री लामिछानेबारे छानबिन गरिनुपर्ने र उनले पदबाट हट्नुपर्ने माग गरेकी हुन्।

सहकारी ठगी प्रकरणमा संसदीय छानविन समिति बनाउन समेत काँग्रेसको माग छ ।

प्रधानमन्त्रीले हिजो संसदमा जवाफ दिए पनि चित्त नबुझाएको काँग्रेसले संसदमा अवरोध खडा गर्न शुरु गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ