रवि लामिछानेको बचाउमा प्रधानमन्त्री, ठाडो उजुरी पर्नासाथ कार्बाही गर्ने हो त ?

रवि लामिछानेको बचाउमा प्रधानमन्त्री, ठाडो उजुरी पर्नासाथ कार्बाही गर्ने हो त ?

  • मङ्लबार, चैत्र ६, २०८०
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारीको रकम हिनामिना गरेको आधार नभेटिएको बताउनु भएको छ ।

नेपाली कांग्रेसका सांसदहरूले सहकारी रकम हिनामिनाको आरोप लागेका व्यक्तिलाई गृहमन्त्रीको जिम्मेवारी दिइएको भन्दै प्रधानमन्त्रीको जवाफ मागेपछि उहाँले मंगलवार संसदमा यस्तो बताउनुभएको हो । ‘उहाँ ९लामिछाने०को नाममा प्रवाह भएको ऋण फ्छ्र्यौट हुन आएकाले उहाँको हकमा अनसन्धान गर्न नमिल्ने प्रहरीको बिफ्रिङ थियो,’ दाहालले भन्नुभयो ।

प्रधानमन्त्री दाहाललेले अनुसन्धानबाट केही कैफियत देखिएमा उहाँ ९लामिछाने०लाई कारबाही गर्न कसैले रोक्न नसक्नेसमेत बताउनुभयो ।

गत साउन २२ गते सूर्यदर्शन बचत तथा सहकारी संस्थाका १ हजारभन्दा बढी बचतकर्ताले रकम हिनामिना भएको भन्दै जाहेरी दरखास्त दिएको थिए । यो दरखास्त उपर प्रहरीले १९ जनालाई प्रतिवादी कायम गरी कास्की जिल्ला अदालतमा २०८० असोज १८ मा मुद्दा दायर गरेको थियो । उक्त मुद्दा अदालतमा विचाराधीन छ ।

प्रतिवादीमध्ये ४ जना पक्राउ परेको र बाँकीको प्रहरीले खोजी गरिरहेको संसदमा जवाफ दिने क्रममा प्रधानमन्त्री दाहालले बताउनुभयो ।

मुल उजुरी परेको ६ महिनापछि माघ १६ गते पुरक जाहेरी परेको थियो, जसमा लामिछानेसहित १८ जनालाई विपक्षी बनाइएको थियो । उक्त जाहेरीमा लामिछानेले सहकारीको रकम हिनामिना गरेको आधार नभेटिएकाले पुनस् दर्ता नभएको दाहालले बताउनुभयो ।

कांग्रेस सांसदहरूले केही दिनयता यही विषयलाई संसदमा उठाइरहेको छ, उनीहरूले उपप्रधान तथा गृहमन्त्री लामिछानेको राजीनामासमेत माग्दै आएका छन् । प्रधानमन्त्रीले जवाफ दिनुअघि आजै कांग्रेस सांसद दीपक गिरीले समेत उपप्रधान तथा गृहमन्त्रीको राजीनामा मागेका थिए ।

कांग्रेसले उपप्रधान तथा गृहमन्त्रीको राजीनामा मागेपछि प्रधानमन्त्री दाहालले कांग्रेस सांसदहरूलाई उल्टै प्रश्न गरेका छन्– ठाडो उजुरी गर्नासाथ राजीनामा दिने सहमति हुन सक्छ त ?

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ