बागलुंगमा बस दुर्घटना हुँदा ८ जनाको मृत्यु

बागलुंगमा बस दुर्घटना हुँदा ८ जनाको मृत्यु

  • सोमवार, चैत्र ५, २०८०
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

लेखनाथ, चैत ५ गते । बागलुङको निसीखोलामा बस दुर्घटना हुँदा आठजनाको मृत्यु भएको छ । पश्चिम रुकुमबाट काठमाडौं हिँडेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नम्बरको बस दुर्घटना हुँदा घटनास्थलमै सात जनाको मृत्यु भएको थियो ।

अर्का एकजनाको उपचारका लागि लैजाँदै गर्दा मृत्यु भएको गण्डकी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक विकास खनालले जानकारी दिनुभयो ।

मृतकमध्ये चार पुरुष र चार महिला छन् । दुर्घटनामा २४ जना घाइते छन् । तीन महिनाकी एक बालिका भने सकुशल रहनुभएको खनालले बताउनुभयो । दुर्घटना स्थलमा घुमाउरो बाटो घुमाउरो भएको र चालकको समेत मृत्यु भएको उहाँले बताउनुभयो । बस सडकदेखि करिब तीन सय मिटर तल खसेको छ । इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी प्रमुख प्रहरी निरीक्षक राजकुमार विकले गाडीमा ३२ जना यात्रु रहेको जानकारी दिनुभयो ।

मृतक र घाइतेहरुको परिचय भने खुल्न बाँकी छ । दुर्घटना स्थलमा घुमाउरो बाटो घुमाउरो भएको र चालकको समेत मृत्यु भएको प्रहरीले जनाएको छ । बसमा १३ महिला र १९ पुरुषमा सवार थिए । स्वास्थ्य अवस्था गम्भीर भएकी एक महिलालाई थप उपचारका लागि बागलुङतर्फ ल्याइँदै छ ।

सोमबार साँझ सवा ७ बजे निसीखोला गाउँपालिका वडा नम्बर ६ को जाउलेपानीमा पर्ने मध्यपहाडी लोकमार्गमा बस दुर्घटना भएको हो । बस सडकदेखि करिब डेढ सय मिटर तल खसेको थियो । दुर्घटनापछि सवा ६ बजे घटनास्थल पुगेको प्रहरीले घाइतेहरुलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिवाङ पठाएको थियो । घटनास्थल इलाका प्रहरी कार्यालय बुर्तिवाङबाट करिब ३० किलोमिटरमा पर्छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी बलसहित पूर्वी रुकुमबाट नेपाली सेनाको टोलीले घाइतेको उद्धार गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ