नवलपरासीमा नातिसगैं हजुरबुवाको हत्या गर्ने २ जना पक्राउ

नवलपरासीमा नातिसगैं हजुरबुवाको हत्या गर्ने २ जना पक्राउ

  • सोमवार, चैत्र ५, २०८०
  • रबिन्द्र यादव

  • 4K
    SHARES

पश्चिम नवलपरासी । पश्चिम नवलपरासीमा हजुरबुवा र नातीको धारिलो हतियार प्रयोग गरी हत्या गर्ने २ जना पक्राउ परेका छन ।
पक्राउ पर्नेमा सुस्ता गाउँपालिका वडा नं ३ मर्चहवा बस्ने २९ बर्षिय अजय धरिकार र सोही ठाँउ बस्ने २० बर्षिय चन्दन हरिजन रहेको प्रहरीले जनाएको छ छ ।
फागुन १ गते सुस्ता गाउँपालिका वडा नं ३ मर्चहवा स्थितमा अक्षयलाल चमार र निजको नाति गौचरण चमारको धारिलो हतियार प्रयोग गरी हत्या भएको थियो ।

हत्या भएको हजुर बुवा र नातीको चमारको शरीरमा बिभिन्न भागमा धारिलो हतियार प्रहार गरीएको घाउहरु भएको दुबै जनाको शव मृत अवस्थामा भेटिएपछी उक्त घटना स्थलमा बाया हातमा लगाउने हाफ पन्जा फेला परेको र अनुसन्धानका क्रममा तालिम प्राप्त कुकुर समेत परिचालन गरीएको थियो ।

घटनाको ३ दिनपछि केन्द्रिय अनुसंधान ब्युरो (CIB) को प्रहरी टोलीले गरेको अनुसन्धानको क्रममा निजहरुको संलग्नता देखिएको हो । अभियुक्त दुबै जनालाई शनिवार पक्राउ गरी ईलाका प्रहरी कार्यालय बेलाटारी मार्फत जिल्ला अदालत परासीबाट ज्यान सम्बन्धि कसुर मुद्दामा ७ दिन म्याद थप गरी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका सुचना अधिकारी रेशम बोहराले जानकारी दिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ