गगनको गर्जनः नक्कली खाता खोलेर सहकारीबाट करोडौँ लिने गृहमन्त्री रवि लामिछानेमाथि कार्बाही हुन्छ कि हुँदैन ?

गगनको गर्जनः नक्कली खाता खोलेर सहकारीबाट करोडौँ लिने गृहमन्त्री रवि लामिछानेमाथि कार्बाही हुन्छ कि हुँदैन ?

  • सोमवार, चैत्र ५, २०८०
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी प्रकरणको अनुसन्धान हुन्छ कि हुन्न भन्ने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) बाट जबाफ माग गरेको छ ।

प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै महामन्त्री गगन थापाले काण्डमा पनि शक्तिशाली होस्, लोकप्रिय होस्, नयाँ होस् तर गल्ती गरेको रहेछ भने अपराधबाट मुक्ति नपाओस्,’ थापाले भने, ‘यति भन्ने हिम्मत हामी राख्छौं कि राख्दैनौं ?

“सहकारी प्रकरणको अनुसन्धान निष्पक्ष ढंगबाट हुन्छ भन्ने विश्वास हामीलाई चाहिएको छ। अनुसन्धान निष्पक्ष हुन्छ भन्ने प्रधानमन्त्रीले हामीलाई कसरी विश्वास दिलाउनु हुन्छ हामी सुन्न चाहन्छौं,’ उनले भने, ‘हामी सरकार र सदनलाई अप्ठेरो पार्न चाहन्नौं। के यी कांग्रेसका निजी प्रश्न हुन्रु सडकमा बसेका हजारौं सहकारी पीडितको पैसा फिर्ताको ग्यारेन्टी होस्।’

नक्कली भुटानी शरणार्थी प्रकरण, बाँसबारी छालाजुत्ता कारखानाको जग्गा प्रकरण, टेरामेक्स, एनसेल, सुनकाण्डमा संलग्न कसैलाई पनि उन्मुक्ति दिन नहुने भन्दै थापाले ‘दाहिने बस्ने होस् कि देब्रे बस्ने होस् कसैले उन्मुक्ति नपाओस्। नेता होस् कि नाता पर्ने होस् कसैले उन्मुक्ति नपाओस्,’ उनले भने, ‘रूखको छहारीमुनि बस्ने होस् कि घाम ताप्ने होस् कि हँसिया हतौडा बोक्ने होस् कि घन्टी बजाउने होस्, कसैले पनि उन्मुक्ति नपाओस् भन्ने हिम्मत हामी राख्छौं कि राख्दैनौं ?,’ सत्ता पक्षका सांसदहरूप्रति लक्षित गर्दै थापाले प्रश्न गरे, ‘सहकारी काण्डमा पनि शक्तिशाली, लोकप्रिय, नयाँ भए पनि गल्ती गरेको रहेछ भने अपराधबाट मुक्ति नपाओस्।’

‘महामन्त्री थापाले एक सय जनाले नक्कली खाता खोलेर पोखराको सूर्यदर्शन सहकारीबाट पैसा लिएको बताए।

‘१०० जना मानिसहरूले नक्कली खाता खोलेर करिब एक अर्ब ३५ करोड रुपैयाँ अपचलन गरेका छन्। यसरी नक्कली खाता खोल्ने मानिसमध्ये एउटाको नाम हो– रवि लामिछाने। रवि लामिछानेले एक करोड रुपैयाँ लिनुभएको छ, सहकारीको सदस्य हुनु हुन्न। यो गैरकानूनी छ,’ थापाले भने।

उनले दोषी जो सुकै भए पनि कार्बाही हुनै पर्ने बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ